News Portal

  • २ वर्षभन्दा पुरानो विमान आयात गर्न नपाइने

    ९१२ पटक

    काठमाडौं, १४ भदौ । सरकारले नेपालमा अब कुनै पनि कम्पनीले १२ वर्षभन्दा पुराना जहाज आयात गर्न नपाउने व्यवस्था गरेको छ ।

    पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको नयाँ हवाई नीतिको मस्यौदामा १२ वर्ष पुराना वा इकोनोमिक डिजाइन लाइफको ५० प्रतिशत पूरा भएको वा ३५ हजार प्रेसराइजेशन साइकल पूरा गरेकोमध्ये जुनसुकै अवस्थाको जहाज पनि किनेर नेपालमा ल्याउन नपाइने उल्लेख छ । यसअघि १५ वर्षसम्म पुराना जहाज आयात गर्न सकिने प्रावधान थियो ।

    नयाँ हवाई नीतिका अधिकांश प्रावधानप्रति सकारात्मक रहेका वायुसेवा सञ्चालकहरू १२ वर्ष पुराना जहाज आयात गर्न नपाइने व्यवस्थाप्रति भने असहमत छन् । उनीहरू यो प्रावधानका विषयमा छिट्टै आफ्नो असहमति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयमा पेश गर्ने तयारीमा छन् ।

    जहाज आयातका बारेमा गरिएको व्यवस्था आवश्यक नभएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । १२ वर्ष पुराना जहाज आयात गर्न नपाइने प्रावधानप्रति भने हाम्रो असहमति छ । किनभने जहाजको आयुको विषय यसको प्रकृति र मर्मतका दृष्टिले हेरिन्छ । त्यसो हुँदा यस्तो प्रावधान आवश्यक छैन, उनले भने ।
    नयाँ हवाई नीतिमा हवाई उद्योगसँग सम्बद्ध जुनसुकै काममा २ अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई आयकरमा ५ वर्षसम्म शतप्रतिशत छूट दिने तथा कुनै पनि वायुसेवा कम्पनीले नेपालमा संस्था स्थापनापछि कम्तीमा ५ वर्षसम्म पुराना जहाज किने आयातमा छूट दिइने प्रावधान राखिएको छ ।

    यसरी कम्पनीले किनेर ल्याएका जहाजको निरन्तर सञ्चालनका लागि पहिलो ३ वर्षसम्म आयकरमा सहुलियत दिइने नीतिमा उल्लेख छ ।

    नयाँ नीतिअनुसार अब कुनै वायुसेवा कम्पनीले नयाँ जहाज थप गर्न चाहे २ वर्षसम्म र एउटाभन्दा बढी जहाज थप्दासमेत ३ वर्षसम्म आयकरमा ५० प्रतिशत छूट पाउने छन् । नेपालमा उडान स्कूल सञ्चालन गर्न लगानी आएमा त्यस्तो लगानीमा सरकारले ५ वर्षसम्म आयकर लिने छैन ।

    त्यस्तै, जहाजको इन्जिन पूर्ण मर्मत गर्न सक्ने गरी स्थापना हुन चाहेका वायुयान मर्मत सम्भार संस्था (एमआरओ) का लागि सरकारले १० वर्षसम्म आवश्यक जग्गा निःशुल्क दिने भएको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...