News Portal

  • कोरोनाका कारण भक्तपुरमा एक सुन ब्यवसायीकाे निधन, मृतक संख्या ७ पुग्याे

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १४ भदौ
    १६५१ पटक
    भक्तपुर, १४ भदौ

    कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा थप एकजनाको ज्यान गएको छ । होम आइसोलेसनमा रहेका एक सुन व्यवसायीले ज्यान गुमाएका हुन् ।

    ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका वडा नम्बर १ दूधपाटीका  ६५ वर्षीय पुरुष रहेका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी गराए । खत्रीका अनुसार मृतक सुन व्यवसायी हुन् र उनी गत ४ दिनदेखि होम आइसोलेसनमा रहेका थिए ।

    अस्पतालमा भन्दा घरमै बसेर कोरोना जित्न सकिने बिश्वास राखेका उनी अन्तत: कोरोनासंग पराजीत बने । मृतकमा सुगर, प्रेसर लगायत दीर्घरोग रहेको थाहा भएको वडाध्यक्ष खत्रीले बताएका छन् । उनको मृत्युसंगै भक्तपुर नगरपालिकामा कोरोनाको कारण मर्नेको संख्या २ भएको छ भने जिल्लाभर यो संख्या ७ पुगेको छ ।

    शनिबार राति उनको मृत्यु भएसंगै उनको कन्ट्याक्ट  ट्रेसिङको कार्य भैरहेको वडाध्यक्ष खत्रीको भनाइ छ । उनको परिवार र सम्पर्कमा रहेका सबैको कोरोना परीक्षण गरिने खत्रीले जनाएका छन् ।

    मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनाको टोली परिचालन गरिएको सिडिओ हुमकला पाण्डेले बताएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...