News Portal

  • थप तीन देशसँग उडान सम्झौताको तयारी

    १३७३ पटक

    काठमाडौं, १५ भदौ । नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालले अहिलेसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ । यद्यपि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान भने आधा दर्जन देशसँग मात्र सीमित छ ।
    समूहको बैठकले भदौ १६ देखि हुने नियमित उडानमा वायु सेवा कम्पनीले कोभिड–१९ को महामारीपूर्व लिने हवाई भाडा दरभन्दा बढी नलिन सम्बन्धित वायु सेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ ।

    त्यस्तै स्वदेश फिर्ता हुने नेपालीको विषयलाई अनुगमन र सहजीकरण गर्न मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति पनि बनाइएको छ । समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा सदस्य हुनुहुन्छ ।

    समितिलाई हवाई भाडा दर, होटलको मापदन्ड अनुसारको अनुमगन गर्ने, स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । बैठकले हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र उद्धारलगायतको मापदण्ड र कार्यविधि बनाउनेसमेत निर्णय गरेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३...

    सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले...

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको...

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा ‘प्रतिबन्ध’ प्रकाशन तथा पुरस्कार वितरण

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा...

    भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्थाहरुमा नयाँ प्राचार्य नियुक्त

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज...