News Portal

  • जसपामा शीर्ष नेताहरू नै असन्तुष्ट

    ८८३ पटक

    काठमाडौं, १५ भदौ । जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ ।

    तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका अध्यक्षहरू शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवले एकीकृत जसपामा वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएका छन् । तत्कालीन राजपा नेपालको अध्यक्षमण्डलमा अध्यक्ष रहेका महन्थ ठाकुर जसपाको अध्यक्ष र अर्का अध्यक्ष राजेन्द्र महतो वरिष्ठ नेताको जिम्मेवारीमा छन् ।

    जसपा स्रोतका अनुसार भण्डारी, यादव, झा र राजकिशोरले ठाकुरबाट आफूहरूलाई धोका भएको आरोप लगाउँदै आएका छन् । जसपा कार्यकारिणी समितिमा ठाकुर र महतोले आफू निकटका नेतालाई जिम्मेवारी दिएको तर आफू निकटका नेतालाई वास्ता नगरेको आरोप चारै नेताले लगाउँदै आएका छन् ।

    ‘चारै जना नेताले ठाकुरजीले आफूहरूलाई धोका दिएको आरोप लगाउँदै आउनुभएको छ,’ जसपा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘असन्तुष्ट चारै जना नेता महतोजीले जस्तै आफूहरू पनि वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडानमा हुनुहुन्छ ।’

    चार जना नेताले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान लिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन समाजवादी पार्टीबाट पनि उही संख्यामा वरिष्ठ नेता राख्दा भद्रगोल हुने बताउँदै मिलाउन आग्रह गरेका छन् । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...