News Portal

  • भक्तपुरका हाछेथु ललितपुर महानगरकाे प्रहरी प्रमुख

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ भदौ
    १३३९ पटक
    भक्तपुर, १५ भदौ

    भक्तपुर घर भई सेवा निवृत्त जीवन बिताइरहेका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुले नयाँ जिम्मेवारी पाएका छन् । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक हाछेथुलाई महानगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ ।

    राजधानीको ट्राफिक व्यवस्थापन गर्न निकै सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरीका साथै ललितपुर बारुण यन्त्र दमकलको समेत तोकी महानगरले आइतबार नियुक्ती प्रदान गरेको हो ।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताए । हाछेथुको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित रहेको कारणले उनलाई यो जिम्मेवारीमा ल्याएको महानगर प्रमुख महर्जनको भनाइ छ ।

    २९ वर्ष लामो जागिरे जीवन ट्राफिक ब्यवस्थापनकाे क्षेत्रमा बिताएका हाछेथु २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका हुन् । हाछेथु आफ्नाे कार्यकालमा जनस्तरमै लाेकप्रिय रहेका थिए । उनले ट्राफिक व्यवस्थापनकाे क्षेत्रमा सफलता प्राप्त गर्नुका साथै निकैधेरै प्रसंसा र पुरस्कारहरु समेत पाएका छन् । सेवा निवृत्त भएपछि पनि उनी ट्राफिक व्यवस्थापनकाे विषयलाइ लिएर चासाे र चिन्ता ब्यक्त गरिरहेका देखिन्छन् ।

    नयाँ जिम्मेवारी प्राप्त भएकोमा हाछेथुले भने, ‘राजधानीका जनताले मैले गरेको कामलाई मनैदेखि मनपराइदिनु भएको छ । त्यसैको प्रतिफल स्वरुप यो नयाँ जिम्मेवारी पाएको छु , आगामी दिनमा अझै सक्रियतापूर्वक महानगर र जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता प्रकट गर्दछु। ”

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...