News Portal

  • नेपाल टेलिभिजनको भक्तपुर समाचारदातामा पत्रकार बास्तोला नियुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ भदौ
    १२१० पटक
    भक्तपुर, १५ भदौ

    सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजनको भक्तपुर समाचारदातामा क्रियाशील पत्रकार जयराम बास्तोला नियुक्त भएका छन् । नेपाल टेलिभिजनले पत्रकार बास्तोलालाई नयाँ नियुक्ति दिएको हो ।

    तत्कालिन समाचारदाता सोम शर्मा बजगाई डिभी परेर अमेरिका गएपछि उक्त पद रिक्त रहेको थियो । भक्तपुर समाचारदातामा बास्तोलाले नियुक्ति पाएको एनटिभीले पुष्टि गरेको छ ।

    पत्रकार बास्तोला बिगत एक दशकदेखि भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन् । यस अघि इमेज च्यानल, प्राइम टीभी लगायत मिडियामा उनले सक्रिय पत्रकारिता गर्नुका साथै एनटिभीमा समेत समाचार दिने गर्दथे । पत्रकार बास्तोला प्रेस संगठनसंग आवद्ध छन् भने उनी नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाका कार्यसमिति सदस्य समेत हुन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...