News Portal

  • एक साता निषेधाज्ञा थप्ने निर्णय: अनलाइन, होम डेलिभरी, निर्माणसेवा नरोकिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ भदौ
    १४५९ पटक
    भक्तपुर, १७ भदौ

    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएकाे छ । भक्तपुर, ललितपुर र काठमाडौंका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको कारण एक साता निषेधाज्ञा थप्न जरुरी भएको भन्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको भक्तपुर सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् ।

    निषेधाज्ञाको बाबजुद संक्रमितको संख्या भने घटेको छैन । भक्तपुरमा समुदायस्तरमा संक्रमण फैलिएको नभएपनि ललितपुर र काठमाडौंमा समुदायमै कोरोना फैलिएको स्वास्थ्य  मन्त्रालयले जनाएको छ । निषेधाज्ञा नहुँदा संक्रमण झन् भयाबह रुपमा फैलन सक्ने निष्कर्षसहित सिडिओहरुको बैठकले एक साता निषेधाज्ञा थप्न निर्णय गरेको हो ।

    भदौ तीन गतेदेखि काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदैछ । थपिएको निषेधाज्ञामा केही सेेवालाई भने नरोकिने सिडिओ पाण्डेले जनाएकी छन् । उनका अनुसार अनलाइन सेवा,होम डेलिभरी, निर्माण सम्बन्धी ब्यवसाय लगायत खुला रहनेछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...