नेकपाका केन्द्रिय सदस्यसमेत रहेका पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य महेश बस्नेतले स्थानीय प्रहरीलाई मोटरसाइकल दिएका छन् । सूर्यविनायक ७ स्थित महानगरीय अस्थायी प्रहरी प्रभाग गुण्डुलाई उनले उक्त सवारी साधन उपलब्ध गराएका हुन । कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा एक ठाउँ बाट अर्को ठाँउ जान प्रहरीलाई असजिलो देखेपछि बस्नेतले मोटरसाइकल दिएको उनका स्वकीय सचिव दिनेथ थापाले बताए । थापाका अनुसार सांसद बस्नेतले आफ्नै निजी मोटरसाइकल प्रहरीलाई दिएका हुन् । उनले आफ्नो घरमा प्रयोग भैरहेको बजाजको डिस्कभर बाइक प्रहरी प्रभागलाई दिएका स्वकीय सचिव थापाले जनाएका छन् । बुधबार अस्थायी प्रभागका प्रहरी इन्चार्ज लाई मोटरसाइकल हस्तान्तरण गर्दै नेता बस्नेतले सवारी साधनले प्रहरीको सेवामा थप सकृयता बढ्ने र समयमै कार्यस्थलमा पुग्न सहज हुने बिश्वास ब्यक्त गरेका थिए । उक्त अवसरमा प्रहरी प्रभागले सवारी साधन उपलब्ध गराएकोमा उनीप्रति आभार प्रकट गरेको थियो ।
सांसद बस्नेतद्वारा आफ्नो निजी सवारीसाधन प्रहरीलाई हस्तान्तरण
भक्तपुरपोस्ट संवाददातासूर्यविनायक, १७ भदौ
सूर्यविनायक, १७ भदौ वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई