News Portal

  • कारागारमा कोरोना आतंकः कानुनी व्यवस्थाको पूणर् कार्यान्वयन गर्न आनाकानी

    ७११ पटक

    काठमाडौं, १८ भदौ । सर्वोच्चले भएको कानुन कार्यान्वयन नभएमा कारागारभित्र कोरोना भाइरस संक्रमण हुन सक्ने पहिले नै संकेत गरेको थियो । त्यस्तो अवस्था आउन नदिनका लागि सरकारले भएका कानुन पूणर्रुपमा कार्यान्वयन गर्न आदेश पनि दिएको हो । तर सर्वोच्चको आदेश कार्यान्वयन नहुँदा हाल कारागारभित्र संक्रमण हुने क्रम बढ्दो भएको कानुनविद्हरुको धारणा छ ।

    सर्वोच्च अदालतले कानुनमा उल्लेख भएबमोजिम कैदीबन्दीलाई बाहिर राख्ने व्यवस्था एक साताभित्र कार्यान्वयन गर्न गत वैशाख १७ गते अन्तरिम आदेश दियो । यस्तो आदेश कारागारभित्र कोरोना भाइरसको संक्रमण बढ्न सक्ने आंशका गरी आएको थियो ।

    तर, सरकारले सो आदेशलाई वास्ता गरेन । झन्डै ४ महिनाअघि गरिएको आशंका हाल आएर पुष्टि भएको छ । केन्द्रीय कारागारलगायतका कैदी बन्दी तथा प्रहरीलाई समेत उल्लेख्य संख्यामा कोभिड-१९ को संक्रमण भएपछि भयावहको स्थिति आउन सक्ने आकलन गरिएको छ । केही कैदी बन्दीको मृत्युसमेत भएको छ ।

    सर्वोच्चले पहिले नै आकलन गरेको यस्तो अवस्थालाई सम्बोधन गर्न कैदी बन्दीको स्वास्थ्यलाई दृष्टिगत गरी बनाइएको कानुन लागू गर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...