News Portal

  • पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा भक्तपुरका श्रेष्ठसहित ९ समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ भदौ
    २९७६ पटक
    भक्तपुर, १८ भदौ

    ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७ जना ललितपुरका स्थानीय हुन् भने एक जना भक्तपुर र अर्का काठमाडौंका युवा रहेका छन् ।

    बिहीवार निषेधाज्ञा उल्लंघन गरी रातो मच्चिन्द्रनाथको रथ तान्न पुगेका मानिसहरुलाई प्रहरीले दमन गरेपछि झडप भएको थियो । झडपमा परी दुवैतर्फ घाइते भएका छन् भने आक्रोसित भिडले ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानलाई निर्घात कुटपिट गरेको भिडिओ भाइरल भैरहेको छ ।

    उक्त भिडले मोटरसाइकलमा सवार ट्राफिक प्रहरी जवान कोमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ । कुटपिटमा संलग्न ९ लाई पहिचान गरिएको र पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।

    डीएसपी तामाङले दिएको जानकारी अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय युवक श्याम श्रेष्ठ पनि कुटपिटको आरोपमा समातिएका छन् । पक्राउ पर्ने अन्यमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य, वडा नम्बर ११ बंगलामुखीका ३९ वर्षीय पृथविन्दु महर्जन र वडा नम्बर २१ का ३८ वर्षीय अशोजकुमार महर्जन छन्।

    त्यस्तै, वडा नम्बर ६ का ३६ वर्षीय रवि शाक्य, महालक्ष्मी नगरपालिका १ इमाडोलका ४३ वर्षीय सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य र काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय यादवलाल कायस्थ रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...