News Portal

  • जलविद्युत्को शेयरमा बढ्यो आकर्षण

    इभक्तपुर संवाददाता
    ८४० पटक

    काठमाडौं, १९ भदौ । बीमाक्षेत्रले बढाइरहेको शेयरबजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।
    भदौ १८ गते सूचीकृत ३३ ओटा जलविद्युत् कम्पनीका शेयरमूल्य बढ्यो । १ महीनायता जलविद्युत् कम्पनीहरूको शेयर मूल्य औसतमा १३ दशमलव ४३ प्रतिशतले बढेको छ ।
    साउन मसान्तको तुलनामा भदौ १८ गतेसम्ममा सबै जलविद्युत् कम्पनीहरूको शेयर मूल्य बढेको छ । भदौ १८ गते जलविद्युत् कम्पनीहरूको शेयरप्रति लगानीकर्ताहरूको आकर्षण उच्च देखियो ।
    यस दिन कारोबारमा आएका १२ समूहमध्ये जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव २६ प्रतिशतले बढेको थियो । जलविद्युत् कम्पनीको शेयरको मूल्य निकै तल आएकाले सस्तो शेयर किन्न लगानीकर्ता आकर्षित भएका हुन् । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...