News Portal

  • टोलटोलमा प्रहरी तैनाथ : मर्निङवाक भन्दै निस्कनेहरु कटुन्जे प्रहरीको फन्दामा

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २० भदौ
    ३०४४ पटक
    भक्तपुर, २० भदौ

    सूर्यविनायकस्थित सुवर्णेश्वर महादेवको मन्दिर क्षेत्रमा मर्निङ वाक आउनेहरू प्रहरीको फन्दामा परेका छन् । निषेधाज्ञाको अवज्ञा गर्दै मर्निङ वाकमा निस्कनेहरु प्रहरीको फन्दामा परेका हुन् ।

    महानगरीय प्रहरी प्रभाग कटुन्जेले शनिवार बिहान एक दर्जन बढी मानिसहरूलाई नियन्त्रणमा लिएर होल्डिङमा राखेको थियो । प्रभागका इन्चार्ज समेत रहेका प्रहरी नायब निरीक्षक ज्योति कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिनाकारण आवतजावत गरिरहेका मानिसहरुलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले गुण्डूबाट सवारीसाधन प्रयोग गरि बिनाकारण निस्केका मानिसहरू पनि नियन्त्रणमा लिएको थियो । करिब आधा घन्टा होल्ड गरेपछि उनीहरुलाई जताबाट आएको हो उतै फर्काउने गरिएको देखिन्थ्यो ।

    प्रभागका इन्चार्ज ज्योति कार्कीले अत्यावश्यक काम प्रमाणित नहुने सवारी साधन र  मानिसहरूलाई होल्डिङमा राख्ने गरिएको जनाएका छन् । प्रत्येक दिन आफ्नो क्षेत्रमा १ सयको हाराहारीमा मानिसहरुलाई  नियन्त्रणमा लिनुपरेको उनको भनाइ छ ।

    बिना काममा निस्केर बहादुरी देखाउने जस्तो भएको भन्दै उनले यस्ता मानिसहरू लाई नियन्त्रणमा लिएर कोभिड १९ बारे नागरिक दायित्व बोध गराइ छाड्ने गरिएको छ । निषेधाज्ञा लागू गराउन कटुन्जे प्रभागले टोलटोलमा प्रहरी गस्ती बढाएको इन्चार्ज कार्कीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...