News Portal

  • नपलीमा एक गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २० भदौ
    ३३०७ पटक
    भक्तपुर, २० भदौ

    फाइल फाेटाे

    भक्तपुर नगरपालिका वडा नम्बर १ नपली सृजनानगरस्थित एक कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिंग हुन नसकेपछि स्थानीय चिन्तित बनेका छन् । प्राय बाहिर ननिस्कने एक ४२ वर्षया गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित बनेका हुन् ।

    कोरोना भाइरस संक्रमण (कोभिड १९) को लक्षण देखिएपछि भक्तपुर अस्पताल पुगेकी उनको स्वाब परीक्षण गर्दा शुक्रवार कोरोना पोजेटिभ पुष्टि भएको हो । उनी संगै स्वाब दिएका उनका श्रीमानमा भने संक्रमण नदेखिएको जानकारी प्राप्त भएको छ ।

    संक्रमित महिला हाल नपली स्थित निवासमै होम आइसोलेसनमा रहेकी छन् । उनलाई चिकित्सकीय निगरानीको व्यवस्था नभएको र परिवारको स्वाब परीक्षणमा समेत चासो नदिइएको स्थानीयको गुनासो छ । स्वास्थ्यकर्मी समेत रहेका गायक एवं सामाजिक अभियन्ता कपिल कस्पालले कोभिड संक्रमितको परिवार र कन्ट्याक्ट ट्रेसिंगमा परेका सबैको स्वाब परीक्षण गरिनुपर्ने बताएका छन् । उनले बाहिर धेरै ननिस्कने गृहिणीमा कोरोना पुष्टि हुनुले समुदायमा कोरोना रहेको हुनसक्ने आशंका प्रकट गरे । नपलीका स्थानीय समेत रहेका कस्पालले उक्त क्षेत्रमा रहेका किराना, डेरी, तरकारी पसल लगायत समुदायमा रहेका अन्यमा समेत कोरोना परीक्षण गरिनुपर्ने बताए ।

    यस सम्बन्धमा जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारसंग सम्पर्क गर्दा उनले कन्ट्याक्ट ट्रेसिंग र परीक्षणको कार्य नगरपालिकाको भएको बताए । भक्तपुर १ का जनप्रतिनिधिसमेत रहेका स्थानीय सूर्यप्रसाद श्रेष्ठका अनुसार संक्रमित पुष्टि भएकी महिलाको घर सिल गरिसकिएको छ भने उनको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिंग गर्ने कार्यका लागि वडा सचेत छ । कन्ट्याक्ट ट्रेसिंग र परीक्षण ३ देखि ७ दिन भित्र गरिसक्नुपर्ने मापदण्ड रहेको भन्दै कन्ट्याक्ट ट्रेसिंग र परीक्षण नै हुँदैन कि भन्ने आशंका नगर्न वडा सदस्य श्रेष्ठले स्थानीयलाई अनुरोध समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...