News Portal

  • जगाती वृत्तका डिएसपी जोशीको बिदाई : वृत्त प्रमुख बनेर आए, साथी बनेर गए

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २१ भदौ
    २४९२ पटक
    भक्तपुर, २१ भदौ

    महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रराज जोशीको बिदाइ भएको छ । महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएका जोशीको आइतवार बिदाइ भएको हो । उनको ठाँउमा नुवाकोट बाट सरुवा भई आएका राजेश थापाको स्वागत कार्यक्रम पनि सम्पन्न भएको छ । जगाती वृत्तले एकैपटक थापाको स्वागत र जोशीलाई बिदाइ कार्यक्रम सम्पन्न गरेको हो ।

    डिएसपी जोशीले करिब १३ महिना अघि गत वर्षको साउन १३ गते जगाती वृत्त प्रमुखको जिम्मेवारी सम्हालेका थिए । शालीन स्वभाव भएका जोशीले आफ्नो कार्यकालमा वृत्तलाई एउटा परिवार जसरी एकतावद्ध गराइराख्न सफल भएका कटुन्जे प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज सर्राफ बताउछन् । मातहतका कर्मचारीलाई माया र हौसला दिने उनको स्वभावको मातहतका कर्मचारीले खुलेर प्रसंशा गरेका छन् । कोरोना सन्त्रासका बीच जोशीलाई बिदाइ गर्न मातहतका धेरै प्रहरीहरु बिदाइ कार्यक्रममा उपस्थित भएका थिए । त्यतिमात्र होइन, उनलाई बिदाइको हात हल्लाउन स्थानीयहरुको पनि उल्लेख्य उपस्थिति रहेको देखिन्थ्यो ।

    मृदुभाषी डिएसपी जोशी इन्चार्जकोरुपमा जगाती वृत्तमा आएको भए पनि आत्मीय साथी भएर बिदाइ भएका नेपाल मानव अधिकार संगठनका सभापति रामकृष्ण मानन्धरले बताए । जाँदै गरेका प्रहरी इन्चार्जको बिदाइमा उल्लेख्य उपस्थिति हुनु त्यसको प्रमाण भएको उनको भनाइ छ ।

    डिएसपी जोशीको कार्यकाल कोभिड १९ का कारण चुनौतीपूर्ण बनेको थियो । उपत्यका भित्रिने र बाहिरिने साँगा नाकामा बसेर मानिसहरुलाई रोक्नु र गन्तव्यमा पठाउनु बास्तवमै चुनौतीपूर्ण कार्य थियो । एकातर्फ रोगको त्रासका कारण मानिसलाई रोक्नुपर्ने बाध्यता, अर्कोतर्फ मानवीय संबेदनाका कारण लिनुपर्ने निर्णयबीचको तादम्यता एउटा सक्षम कमाण्डरले मात्र मिलाउन सक्छ । जुन डिएसपी जोशीले हासिहासी पुरा गर्न सफल भएका छन् ।

    उनको नेतृत्वमा वृत्तले लकडाउन र त्यसयता बिना पास उपत्यका आउँन लागेको सवारी साधनलाई दैनिक सयौंको संख्यामा सम्झाइबुझाइ फिर्ता पठाएको छ भने प्रवेश गर्नेहरुको व्यक्तिगत विवरण सहितको अभिलेख व्यवस्था गरेर राखेको देखिन्छ । त्यसैगरी यस अवधीमा वृत्तले बिभिन्न सामाजिक सस्थाहरु संगको सहकार्यमा भोकभोकै हिडेर घर जाने अवस्थाका मजदुर वर्गलाई जगातीमा खाना खुवाउने व्यवस्था मिलाइएको थियो भने पचास हजार बढीलाई गन्तव्यस्थलका जिम्मेवार व्यक्ति र सस्थाको जिम्मा लगाएर पठाउन वृत्तले समन्वयात्मक भूमिका निभाएको थियो ।

    जोशीको नेतृत्वमा जगाती वृत्तले क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको व्यवस्थापन, आन्तरीक सुरक्षा तथा अनुगमनमा नेपाली सेना र स्थानीय तहसँग समन्वयात्मक र सहयोगात्मक रुपमा सक्रिय भूमिका निर्वाह गरेको थियो । कोभिड १९ रोकथाम र नियन्त्रणमा अग्र मोर्चामा रहेर काम गरिरहेका प्रहरीमा रोगको जोखिम उच्च हुनु स्वभाविकै हो । त्यति हुँदाहुँदै पनि जगाती वृत्तमा एकजना पनि प्रहरीमा संक्रमण नहुनु डिएसपी जोशीको कुशल नेतृत्वको परिणाम भएको वृत्तका प्रहरीहरुको बुझाइ छ । आफूहरु फ्रन्टमा बसेर काम गर्नु पर्दा डिएसपी जोशीले कोभिड १९ बाट बच्न दैनिक रोलकलमा गर्ने निर्देशनले सचेत भएर ड्युटी गर्द कोभिड बाट बच्न सकिएको प्रहरी निरीक्षक झलक पौडेल सम्झन्छन । डिएसपी जोशीले आफ्नो परिवारका सदस्य झैँ आफूहरुलाई कोभिड बिरुद्ध सावधानी अपनाउन सचेत गराइरहने गरेको उनको भनाइ छ ।

    जोशीको नेतृत्वमा प्रहरी साझेदारी कार्यक्रमलाई बृहतरुपमा जनस्तरमा फैलाई समाजमा सामाजिक बिकृती र विसंगती बढ्न नदिन ब्यापक जनचेतनामूलक कार्यक्रम गरिएका थिए । विशेष गरी विद्यालय र समुदाय केन्द्रित गरी लागू औषध दुर्व्यसनी, साइबर क्राइम,मानव बेचबिखन,घरेलु हिँसा लगायतको नियन्त्रणका लागि बिबिध कार्यक्रम संचालन गरिएको थियो । यस अवधीमा ७२ सरसफाइ कार्यक्रम र घरदैलाे कार्यक्रम र ७२ समुदाय प्रहरी साझेदारी स्कूल सम्पर्क कमिटि गठन गरिएका थिए ।

    उनको कार्यकालमा जुवातासबिरुद्ध बिशेष अपरेशनसमेत गरिदा कयौं जुवाडे नियन्त्रणमा आएका थिए ।चोरी नियन्त्रणमा पनि वृत्तले सफलता पाएको थियो । गत कात्तिकमा जगातीको कस्तुरी चमेना ग्रिह बाट हराएको करिब ४ लाख मूल्यको क्या\मेरा समेत वृत्तले खोज्ने क्रममा बनेपाबाट ३ जना चोरसहित फेला पारेर ल्याएको थियो । त्यसैगरी वृत्तले खसी चोर समात्नेदेखि गाडीको ब्याट्री चोर्ने गिरोहलाई १९० थान ब्याट्री सहित नै समातेर कारवाही गर्न सफलता प्राप्त गरेको थियो ।

    हातहतियार बोकेर हिड्ने बाराका शम्भु साहलाई जगाती वृत्तले बिशेष सुराकीका आधारमा १ थान कटुवा पेस्तोल र छ राउण्ड गोलीसहित समातेर कानुनी दायरामा ल्याउन सफल हुनुका साथै करिब ८ हजार लिटर घरेलु मदिरा र ४३ हजार गाँजाका बोट नष्ट गरी समाजलाई अपराधबाट बचाउन वृत्तले अहोरात्र काम गरेको वृत्तका प्रहरी निरीक्षक झलक पौडेलले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...