News Portal

  • स्थानीय तहका कर्मचारीः हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

    ७७० पटक

    गौर, २३ भदौ । रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन् । कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ ।

    केही दिनअघि चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका र यमुनामाई गाउँपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन् । सरुवा भइ आएका अधिकृतलाई के गर्ने भन्ने छलफल मेयरले गरिरहेका छन् ।

    कटहरिया नपाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र गरुडा नपामा लेखा अधिकृत एउटै व्यक्ति हुन् । उनी दुईवटा नपामा फरकफरक जिम्मेवारीमा छन् । गरुडा नपाका लेखा अधिकृत साह गत आर्थिक वर्षदेखि कटहरिया नपाको प्रमुख प्रशासकीय अधिकृत भएका हुन् । उनले दोहोरो सुविधा लिँदै आएको स्रोत बताउँछ ।
    एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु नैतिकताविपरीत भएको जानकार बताउँछन् । अधिकृत साहले दुवै तहमा काम गर्दै आएको स्वीकार गर्दै एउटा तहको जिम्मेवारी छाड्ने प्रतिक्रिया दिएका छन् ।

    रौतहटका दुई गाउँपालिका र १६ नगरपालिका मध्ये अधिकांश तहमा इन्जिनियर, लेखाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षाका कर्मचारी, स्थानीयतहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

    गरुडा नपामा खानेपानीका इन्जिनियर मुस्ताक आलम, बृन्दाबन नपामा इन्जिनियर नागेन्द्र यादव, चन्द्रपुरमा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद सिग्देल, राजदेवी नपामा इन्जिनियर सञ्जय पाण्डे, गुजरा नपामा स्वास्थ्यका नन्देश्वर चौधरी र फतुवाविजयपुर नपामा स्वास्थ्यकर्मी प्रमोदकुमार गुप्तालाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । बौद्धिमाई नपामा स्थानीय तहका रामईश्वर राय, राजपुर नपामा स्थानीय तहका बैजु ठकुर, देबाहीगोनाही नपामा स्थानीयतहका राजदेव रामले प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

    अधिकांश स्थानीय तहमा प्रशासनतर्फका कर्मचारीले प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छैनन् । रौतहटमा मेयर, उपमेयर, वडा अध्यक्ष अनुकूलका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने चलन नै बसेको सरुवा भएर जाने धेरै अधिकृत बताउँछन् । संघीय मन्त्रालयले खटाएका प्रशासनिक अनुभव भएकालाई जिम्मेवारी दिँदा नीति, नियम, ऐन, कानुन बढी झेल्नुपर्ने भन्दै जनप्रतिनिधिले अनुकूलका कर्मचारी खोज्ने गरेका छन् । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...