News Portal

  • मजदूर अभावले प्रदेश १ का ८५ इँटा उद्योग सञ्चालन अनिश्चित

    ५०२ पटक

    विराटनगर, २३ भदौ । प्रदेश १ का ८५ इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न नसक्ने भएका छन् ।

    भारतको पश्चिम बंगालको कुचविहारबाट असोजमा आउने २२ हजार मजदूर यो वर्ष कोरोना संक्रमणका कारण आउन नसक्ने भएपछि इँटा उद्योग सञ्चालन गर्न नसक्ने अवस्था देखिएको इँटा व्यवसायी संघले जानकारी दिएको हो ।

    संघका अनुसार प्रदेश १ मा वार्षिक रूपमा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको इँटा उत्पादन हुँदै आएको छ ।

    संघले संघीय उद्योगमन्त्रीलाई इँटा उद्योग सञ्चालनका लागि पहल गरिदिन ज्ञापन बुझाए पनि भारतबाट सहज रूपमा मजदूर आउने निश्चित नभएपछि उद्योग सञ्चालन हुने अवस्था नदेखिएको हो ।

    यस क्षेत्रका इँटा उद्योगले वर्षको एक सिजन हिउँदमा इँटा बनाउने र विक्री गर्दै आएका छन् । इँटा उद्योगमा काम गर्ने ९० प्रतिशत कामदार भारत पश्चिम बंगाल कुचविहार जिल्लाका हुन् । इँटा उद्योगीले पहिले नै एक सिजनको रकम भुक्तानी गरेपछि उनीहरू परिवारसहित नेपाल आएर इँटा उद्योगभित्रै अस्थायी रूपमा बसेर काम गर्छन् ।

    पहिले नै पारिश्रमिक बुझेपछि मात्र उनीहरू हिउँदभर काम गरेर वैशाखसम्म आफ्नो घर फर्कने गर्छन् । हिउँद शुरू हुनुअघि भदौ अन्तिमदेखि असोजभित्र उनीहरू उद्योगमा आएर काम शुरू गरिसक्थे ।

    तर, कोरोना महामारीका कारण सीमानाका बन्द भएपछि यो वर्ष उनीहरू आउने सम्भावना नरहेको एबीआई इँटा उद्योग सञ्चालक तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

    उद्योग संगठनका तर्फबाट इँटा उद्योगमा काम गर्ने भारतीय मजदूरलाई ल्याउन र नेपाल आएपछि उद्योगले विश्व स्वास्थ्य संगठनले तयार पारेको स्वास्थ्य सतर्कता अपनाएर उद्योग सञ्चालनको वातावरण बनाइदिन जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाइए पनि सुनुवाइ हुन नसकेको इँटा उद्यमीहरूको गुनासो रहेका छन् । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...