News Portal

  • मंगलवार भक्तपुरमा ५८ सहित उपत्यकामा ३ सय ९३ कोरोना संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता२३ भाद्र २०७७
    ८५७ पटक
    २३ भाद्र २०७७

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार भक्तपुरमा ५८ सहित उपत्यकामा ३ सय ९३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा तीन सय र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् ।यस्तै काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    यस्तै देशभर ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गरिएकोमा ९ सय २ जामा संक्रमण पुष्टि भएको हो।

    यससँगै नेपालमा संक्रमितको कूल संख्या ४८ हजार १३८ पुगेको छ। उनीहरूमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन्।

    पछिल्लो २४ घन्टामा मात्र २ हजार २८७ जना संक्रमण मुक्त भएका छन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...