News Portal

  • दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित

    १०२२ पटक

    काठमाडौं, २४ भदौ । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    पछिल्लो साता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंगलबारसम्म देशभर १४ हजार ८ सय ६८ सक्रिय संक्रमित उपचाररत छन् । गत बिहीबार १८ हजार ४ सय १३, शुक्रबार १८ हजार ४ सय ४, शनिबार १७ हजार ८ सय ७० सक्रिय संक्रमित उपचाररत थिए ।

    यस्तै, गत आइतबार १७ हजार २७, सोमबार १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत थिए । डिस्चार्ज हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । देशभर मंगलबार थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ । मंगलबार इलाममा एक, उदयपुरमा दुई, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरी ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

    धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६ र सिरहामा ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेमा २, चिततवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछाप आठ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै, कास्कीका ३०, गोरखाका १८, तनहुँका ३, नवलपरासी पूर्वका ७, पर्वत १, लमजुङका २, बाग्लुङका १० र स्याङ्जाका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी १÷१, दाङमा ३, बर्दियामा ७, बाँकेमा ५, रूपन्देहीमा २१ र रोल्पाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

    कर्णाली प्रदेशको दैलेखमा एक र सुर्खेतमा १८, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ९ र कैलालीमा ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको हो ।

    काठमाडौं उपत्यकामा मंगलबार ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ । काठमाडौंमा ६ हजार २ सय १७, ललितपुरका ९ सय ७७ र भक्तपुरमा ७ सय ८२ संक्रमित पुगेका छन् ।

    हालसम्म देशभर आरटी–पीसीआर प्रविधिबाट ७ लाख ८८ हजार १ सय ७४ पटक कोरोना परीक्षण गरिएको छ । देशभर ५ हजार ३ सय १० जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये २३ जना भेन्टिलेटर र १ सय २१ जना आइसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...