News Portal

  • फरक पसल/व्यवसाय खाेल्न फरक समय निर्धारण : हेर्नुस् कुन कहिले खुल्न पाउँछन् 

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २४ भदाै
    १७१० पटक
    भक्तपुर, २४ भदाै

    काठमाडौं उपत्यकामा भोलि बिहीबारबाट ब्यापार-ब्यवसाय खुला हुने भएको छ । भदाै ३ बाट लागु भएको निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि ब्यापार-ब्यवसाय खुला हुने भएको हो ।

    बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेपछि तीनै जिल्लाका प्रजिअहरुले छुट्टाछुट्टै आदेश जारी गरी सोको जानकारी समेत गराएका छन् । आज रातिबाट गत १७ गते एक सातालाइ थपिएकाे निषेधाज्ञाकाे अवधी सकिने भएपछि त्यसलाइ खुकुलाे बनाउदै नयाँ ब्यवस्था भएकाे हाे ।

    प्रजिअहरु द्वारा जारी आदेशमा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै व्यवसाय संचालन गर्न दिने उल्लेख गरिएकाे छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी आदेशमा भक्तपुरमा उनले निषेधाज्ञा खुकुलो पार्दै सबैखाले ब्यापार व्यवासाय संचालन गर्न सकिने व्यवस्था गरेकी छन् । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर ब्यापार व्यवासायका क्षेत्र खुल्न दिने निर्णय भए पनि बढी मानिस भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने आदेश भएको छ। ब्यापार व्यवासाय संचालनका लागि दिन र समय तोकिदिएर संचालनको लागि सहज गरिएको छ ।

    भिडभाड हुन् नदिन व्यवसाय संचालनमा आलोपालो समय तोकिएको प्रजिअ पाण्डेले बताइन । सबै प्रकृतीका व्यवसाय एकैपटक खुल्दा भिड हुने भएकोले एउअत प्रकृतीको खुल्दा अर्को प्रकृतीको व्यवसाय बन्द गरी पालैपालो व्यवसाय गर्न समय तोकिएको उनको भनाइ छ ।

    हेर्नुस् कुन व्यवसाय कहिले खुल्न पाउँछन् 

    औषधी र स्वास्थ्य सामाग्रीका पसल/व्यवसाय : जुनसुकै समय

    खाद्यान्न, दूग्धजन्य, मासुजन्य र तरकारी पसल/व्यवसाय : प्रत्येक दिन विहान ११ बजेसम्म र बेलुकी पाँच देखि ७ बजेसम्म

    बिकाश निर्माण संग सम्बन्धित पसल/व्यवसाय र ढुवानीका सवारीसाधन : दिउसो २ देखि बेलुकी ७ सम्म

    टेक अवे तथा अनलाइन होम डेलिभरी : दिउसो १२ देखि बेलुकी ७ सम्म

    सहकारी संस्था : बिहान ११ देखि दिउसो ३ बजेसम्म

    सपिङ्ग मल, फेन्सी स्टोर्स, कपडाजुत्ता र कस्मेटिक लगायत पसल/व्यवसाय : साेमबार, बुधवार र शनिवार मात्र

    भाँडा र भान्सामा चाहिने सोही प्रकृतिका सामानका पसल/व्यवसाय : आइतवार मंगलवार र शुक्रवार

    फर्निचर र अटोमोबाइलसम्बन्धी पसल व्यवसाय : सोमबार र बुधवार

    स्टेसनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स : बिहान ११ सम्म बेलुकी ४ देखि ७ सम्म

    फुटपाथ र ठेला ब्यापार : बिहान ११ सम्म बेलुकी ४ देखि ७ सम्म

    सवारीसाधन मर्मत गर्ने वर्कशप : बिहान ८ देखि बेलुकी ८ सम्म

    सबैखाले उद्योग कलकारखाना कामदारलाई परिसरमै खानेबस्ने व्यवस्था गरी नियमित

    अनलाइन कक्षा शिक्षा मन्त्रालयको प्रोटोकल अनुसार

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...