News Portal

  • दसैंलाई दृष्टिगत गर्दै लामो दूरीका बस खुलाउने तयारी

    ८७३ पटक

    काठमाडौं, २५ भदौ । उपत्यकामा ठप्प पार्नेगरी लगाइएको निषेधाज्ञा केही शर्तसहित सहज पारिएको छ । बुधबार बसेको उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोरबिजोर, पसल व्यवसाय खोल्न पाउने, आवश्यक कार्यालय सञ्चालन गर्न पाउनेलगायत निर्णय गरेको हो ।

    प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ । त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन् ।

    लामो समय निषेधाज्ञा र लकडाउन गरेपछि सर्वसाधारणको दैनिकीमा अहसज हुन थाले पनि निषेधाज्ञा खोल्नुपर्ने माग सर्वसाधारणले गरेका थिए । प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ । त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन् ।

    गृह मन्त्रालयले उपत्यकामा संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा केही सहज बनाउँदै थप्न सिफारिस गरेको थियो । अवस्थालाई ख्याल राख्दै केही सहज पार्न खोजिएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

    उनले अहिले सबैतिर खुला गर्दा संक्रमण फैलनसक्ने भय रहेकाले प्रशासनबीच केही सहज बनाउने सहमति भएको उनको भनाइ छ । ‘अहिले धेरै नै सावधानी अपनाउनुपर्ने अवस्था छ, त्यस्तै आम सर्वसाधारणको दैनिकीलाई विषेश ख्याल गर्नुपर्नेछ, त्यसकारण हामीले मिश्रित तरीकाले निर्णय गरेका छौं,’ उनले भने । उनले दसंैलाई दृष्टिगत गरी लामो दूरीका सवारीसाधनमा केही सहजता ल्याउने गरी गृहकार्य भइरहेको बताएको छ । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...