News Portal

  • सरकारले सुनेन निमुखाको गुहार

    ८६१ पटक

    काठमाडौं, २५ भदौ । रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ । कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी बेरोजगार भएका हुन् ।

    बजारमा माग नभएको कारण देखाउँदै कम्पनीले काम बन्द गर्दा यतिखेर माझीलाई बस्न र खानाको समस्या हुन थालेको छ । उनलाई कम्पनीले बस्दै आएको कोठा छिटो छाड्न भनिरहेको छ ।

    ‘कम्पनीले काम रोकेलगत्तै घर फर्कन खोजिरहेको छु,’ उनले भने, ‘दुई महिनादेखि घर फर्कन हवाई टिकटको खोजीमा राजदूतावासदेखि ट्राभल एजेन्सीसम्म चहारिसकें तर उपलब्धि शून्यजत्तिकै छ ।’

    लामो समयदेखि घर फर्कन नपाउँदा एकातिर बेखर्ची भइरहेको र अर्कोतर्फ बस्दै आएको कोठाबाट जुनसुकै बेला निकालिने जोखिम बढेको उनको भनाइ छ । अहिलेसम्म पुरानो कमाइबाट जसोतसो गुजारा चलेको बताउने माझीले अब भने टिक्ने अवस्था नरहेको गुनासो गरे ।

    साउदीकै रियादमा रहेका रौटहटका रिहान मन्सुरले पनि हवाई टिकट खोजी गर्न थालेको एक महिनाभन्दा बढी भइसकेको छ । उनले साथीभाइ र चिनेजानेकासँग सोधीखोजी गर्दा पनि टिकट फेला पार्न नसकेको बताए ।

    कोरोना महामारीका कारण अघिल्लो महिनादेखि रोजगारी गुमेको उनको भनाइ छ । ‘मासिक एक हजार दुई सय रियाल (करिब ४० हजार रुपैयाँ) पारिश्रमिक पाउने रोजगारी गुमेपछि कतिखेर घर फकौं भइरहेको छ,’ उनले भने, ‘तर टिकट पाउन सकिएको छैन ।’ मन्सुरले टिकट नपाउँदा कमाएको रकम साउदीमै सकिने गुनासो गरे ।

    मलेसियामा रहेका पाँचथरका प्रणय लिम्बुले उद्धारका लागि सरकारी निकायलाई आग्रह गरेको दुई साता भइसक्यो । रोजगारी गुमाएपछि बेर्खर्ची भएका उनले तत्काल उद्धार गर्न त्यहाँस्थित नेपाली राजदूतावास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र परराष्ट्र मन्त्रालयका अधिकारीलाई दैनिकजसो आग्रह गरिरहेका छन् । जति आग्रह गर्दा पनि कुन दिन फर्कन पाइन्छ भन्ने टुंगो नभएको उनको भनाइ छ ।

    दुबईमा रहेका पर्साका अरबिन्द साह पनि घर फर्कन नपाउँदा छटपटीमा छन् । एक महिनादेखि कामबिना बसिरहेको बताउने साहले चाँडो उद्धार नगरिए भोकभोकै मर्ने अवस्था आउने बताए । रेस्टुरेन्टमा काम गर्ने साहले रोजगारी गुमाएपछि बेखर्ची भएको बताए ।

    सरकारले कोटा तोकेपछि यति खेर हजारौं नेपाली विदेशमा अलपत्र परेका छन् । उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन ।

    विदेशमा रोजगारी गुमाएपछि घर फर्कन चाहेर पनि नपाएर छटपटिँदै बसेका यी केही दृष्टान्त हुन् । सरकारले विदेशबाट आफ्ना नागरिक फर्काउन कोटा तोकेपछि हजारौं नेपाली विदेशमा अलपत्र परेका छन् । उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन ।

    सरकारले विदेशबाट दैनिक आठ सयभन्दा बढी नेपाली फर्कन नपाउने नियम बनाएको छ । जब कि अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुनुअघि दैनिक एक हजार पाँच सय नेपाली वैदेशिक रोजगारबाट घर फर्कने गरेको सरकारी तथ्यांक रहेको छ । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...