News Portal

  • चिडियाखानाका जीवजन्तुु सङ्कटमा

    ७१८ पटक

    ललितपुर, २५ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ ।

    मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको हो । आफ्नै आम्दानीमा चलिरहेको सदर चिडियाखानामा अवलोकनकर्ता आउन छाडेपछि आम्दानीको स्रोत बन्द भएसँगै समस्या थप जटिल भएको छ ।

    गत चैत देखिको लगातार बन्दसँगै भ्रमणकर्ता चिडियाखाना जाने काममा रोक लगाइएको छ । त्यसका कारण वन्यजन्तुसँगै यहाँका काम गर्ने कर्मचारी पनि आर्थिक समस्यामा परेको चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताउनुभयो ।

    वन्यजन्तु पाल्नकै लागि चिडियाखानाका कर्मचारीको तलब साउनदेखि नै आधा कटौती गरिएको छ । पोखरेलले रेखदेख र भरणपोषण गराउने कर्मचारीलाई आलोपालो गर्न नमिल्ने, त्यसैले आफू र वन्यजन्तु बचाउन तलब कटौती गरेर भए पनि चलाइरहेका छौँ भन्नुभयो ।

    चिडियाखानामा ७५ जना कर्मचारी छन् । अब यस्तै भए चिडियाखाना चलाउनै नसक्ने अवस्था आउने उहाँ बताउनुहुन्छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत आएपछि सदर चिडियाखाना नयाँ रूपमा सञ्चालन भएको २५ वर्ष पूूरा भइसकेको छ । सुरुको पाँच वर्ष सरकारले दिएको बजेटमा चल्यो । त्यसपछि २० वर्ष चिडियाखानाले आफैँ आम्दानी गरेर सरकारलाई बुझाउन सफल रह्यो । अहिले सङ्कटको बेला चिडियाखानाका कर्मचारीले सरकारको सहयोगको बाटो हेरिरहेका छन् ।

    पोखरेलले हाम्रो अभिभावक सरकार हो । त्यसैले आशमा छौँ भन्नुभयो । विदेशी दातासँग पनि आर्थिक सहयोगको कुरा भइरहेको छ । अन्यत्र पनि कोरानाको सङ्कट उस्तै रहेकाले दाताले सहयोग दिन्छन् भन्नेमा विश्वस्त हुन नसकिएको उहाँको भनाइ छ । चिडियाखानामा एक सय एक प्रजातिका एक हजार ५० किसिमका वन्यजन्तु र पन्छी छन् ।

    हालकै अवस्था कायम रहँदा झन्डै एक वर्ष जस्तो बन्दाबन्दीको अवस्था रहने आकलन चिडियाखाना व्यवस्थापनले गरेको छ । यसका कारण एक वर्षको समयको खर्च धान्न करिब १५ करोड रुपियाँ बराबरको आर्थिक राहत तत्काल चिडियाखानालाई आवश्यक हुने चिडियाखाना व्यवस्थापनले जनाएको छ । हरेक दिन करिब चार हजार अवलोकनकर्ताले चिडियाखाना भ्रमण गर्थे । चैतदेखि त्यो क्रम ठप्प छ । बचत बापतको केही रकम व्यवस्थापन खर्चमा सकिँदै गएको छ ।

    यी सबै सङ्कट हुुँदाहुुँदै पनि वन्यजन्तुलाई भोको नराख्ने प्रतिज्ञासहित कामदार र व्यवस्थापन पक्षले आफ्नै तलब कटौती गरेका हुन् । जति नै अप्ठ्यारो परे पनि वन्यजन्तुको दैनिक खुराक भने कटौती गरिएको छैन । सुक्खा खालका भण्डारणयोग्य खाद्यान्नको जोहो एक महिनाका लागि छ । चिडिया घरभित्रै बसेर सुरक्षाका सबै उपाय अपनाएर कर्मचारीलेरेखदेख र भरणपोषण गरिरहेका छन् । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    रहेनन् जातीय तथा भाषिक अधिकार आन्दोलनका अगुवा साहित्यकार शाक्य

    नेपाल भाषाका प्रसिद्ध कवि एवं भक्तपुरका पुराना बामपन्थी नेता त्रिरत्न शाक्यको निधन भएको छ ।...

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...