News Portal

  • संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

    ८५४ पटक

    काठमाडौ, २५ भदौ । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए ।

    संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा थेरापी वरदान सावित भएको संघले जनाएको छ । एक पिन्ट प्लाज्माबाट हजारौंलाई जोगाउन सकिने चिकित्सक बताउँछन् ।
    ‘कोरोना संक्रमितका साथै अन्य व्यक्तिमा त्रास फैलँदै गएकोेले मनोबल बढाउन पनि यो अभियान अघि सारिएको हो,’ डा. कार्कीले भने, ‘संक्रमणपछि निको भएकाहरूलाई हेप्ने, छिःछिः दुरदुर गर्ने प्रवृत्ति देखिएको छ । समाजमा दुव्र्यवहार हुँदा लुकेर बसेका छन्, दुव्र्यवहार होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि अभियान सुरु गरिएको हो ।’

    प्लाज्मा थेरापीबाट पहिलो पटक विराटनगरका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीको उपचार गरिएको थियो । झन्डै ६० जना व्यक्तिले प्लाज्मा दान गरिसकेको संघले जनाएको छ । प्लाज्मा दान गर्ने व्यक्तिलाई चिकित्सकले सम्मान गर्ने भएका छन् । प्रशंसापत्रसहित उच्च सम्मान गरिने संघका महासचिव डा. बद्री रिजालले बताए । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...