News Portal

  • रिपोर्ट थाहा पाउन सोर्सफोर्स, रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

    ७०९ पटक

    विराटनगर, २६ भदौ ।
    घटना १ः भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्धको शव आफन्तले दाहसंस्कार गर्न लैजाँदै गर्दा रिपोर्ट आएको हो । त्यतिबेला आफन्तले शव मोरङको कानेपोखरी पु¥याइसकेका थिए । तर, रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले शवलाई कानेपोखरीमै रोकेर नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोलीलाई जिम्मा लगायो ।

    घटना २ः यही भदौ ६ मा मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको राति मृत्यु भयो ।

    एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । आफन्तले ती पुरुषको शव घरमा ल्याए । तर, उनमा कोरोना संक्रमण भएको दाहसंस्कार गर्न घाट लैजाने बेलामा मात्रै थाहा भयो । त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो ।

    घटना ३ः भदौ २० मा मोरङका एक पुरुषको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो ।

    माथि उल्लेख गरिएका प्रतिनिधि घटना मात्रै हुन् । कोरोना भाइरसको पीसीआर परीक्षणको रिपोर्ट ढिला आउँदा प्रदेश १ मा समस्या झनै जटिल बन्न थालेको छ । कोरोना संक्रमण बढ्दै गर्दा लक्षण देखिएका वा सम्पर्कमा भएकाको मात्रै होइन मृत्यु भएकाहरूको पनि समयमा पीसीआर रिपोर्ट आउँदैन । जसले संक्रमणको जोखिम झनै बढाएको छ ।

    परीक्षणको रिपोर्ट व्यक्तिले समयमा पाउँदैनन्। ‘परीक्षण गराएको पाँच दिनमा पनि रिपोर्ट आएन, छैटौं दिनमा सोर्स फोर्स लगाएर मात्रै बल्ल रिपोर्ट थाहा भयो’ विराटनगर १ की सुनम लिम्बूले भनिन् ‘धन्न रिपोर्ट नेगेटिभ आएछ, पोजेटिभ आएको भए कतिलाई सरिसक्ने थियो ।’ प्रदेश १ का तीन स्थानमा कोरोनाको पीसीआर परीक्षण हुन्छ । कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र झापाको मेची अस्पतालमा पीसीआर परीक्षण भए पनि यसको जानकारी सामाजिक विकास मन्त्रालय हुँदै स्थानीय तह र सम्बन्धित स्वास्थ्य कार्यालयलाई दिने गरिन्छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...