News Portal

  • विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती

    इभक्तपुर संवाददाता
    ९३६ पटक

    काठमाडौं, २८ भदौ । घरमा स्यानिटाइजर । सवारी साधनमा स्यानिटाइजर । अफिसमा स्यानिटाइजर । खल्तीमै स्यानिटाइजर । जहाँ गयो त्यहीं स्यानिटाइजर । सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ? विज्ञहरू भन्छन्, ‘नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण बरु मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ ।’

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले गरेको प्रारम्भिक अनुसन्धानमध्ये बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावहीन बरु हानिकारक देखाएको छ । उसले २२ ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा दुईखाले हानिकारक जीवाणु ब्याक्टेरियालाई नष्ट गर्ने क्षमता नभएको पाएको छ । ती मानव स्वास्थ्यका लागि हानिकारकसमेत छन् ।

    नियमन छ तर छैन

    औषधि उत्पादक संघका अनुसार देशभर ३ सयभन्दा बढी स्यानिटाइजर उद्योग छन् । तर, औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालन अनुमति लिएका छन् । ती सबैको अनुगमन एवं नियमन गर्न विभाग असमर्थ देखिएको छ ।

    विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको गुनासोपछि बल्ल उसले ५ वटा उत्पादनलाई प्रतिबन्ध लगाएको छ। विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाइएका थिए । विभागका महानिर्देशक नारायण ढकालका अनुसार ती उत्पादनले स्यानिटाइजरमा ८३ प्रतिशतसम्म मेथानल प्रयोग गरेका छन् । जब कि मेथानलले मानिसको ज्यानै जान सक्छ ।

    भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका पाँच ब्रान्डका स्यानिटाइजरको नमुना परीक्षण गर्दा तिनमा मानव स्वास्थ्यका लागि हानिकारक मेथानल मिसाएको पाइएको थियो ।

    ठग्दै, छुटको सहुलियत लिँदै

    प्राणघातक मेथानल मिसावट गरेर स्यानिटाइजर उत्पादन गर्ने ती उद्योगले औषधि व्यवस्था विभागबाट अनुमतिसमेत नलिएको पाइएको छ । कानुनतः ती उद्योगले अनुमति नलिई कारोबार गर्न पाउँदैनन् । तर, विभागले दर्ताबिनै सञ्चालनमा रहेका स्यानिटाइजर उद्योगलाई कारबाही गर्न बेवास्ता गरेको छ । उल्टो, उसले असोजसम्म बिनादर्ता त्यस्ता उद्योग सञ्चालन गर्ने छुट दिएको छ ।

    जनस्वास्थ्यमाथि प्रत्यक्ष प्रभाव पार्ने स्यानिटाइजरको अनियन्त्रित बिक्रीवितरण नियमन गर्न विभाग चुकेको छ । सुरुवातमा स्यानिटाइजरको अनुमति लिन असारसम्मको म्याद दिइएकामा असोजसम्म तन्काइयो। यसले विषाक्त रसायन प्रयोग गरी स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेका उद्योगलाई प्रश्रय दिइरहेको छ ।

    विभागका महानिर्देशक ढकाल आफैं स्वीकार्छन्, ‘हामीले लाइसेन्स लिएर स्यानिटाइजर उत्पादन गर्न ६ महिना दिएका थियौं । कारबाहीमा पर्ने यी उद्योगले अहिलेसम्म विभागबाट अनुमति लिएका थिएनन् ।’ संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबरको स्यानिटाइजर कारोबार भएको अनुमान छ । अन्न्पूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...