News Portal

  • लकडाउनमा छाक टार्न नसकेपछि आत्महत्या

    इभक्तपुर संवाददाता
    ५९१ पटक

    विराटनगर, २८ भदौ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की ३८ वर्षीया दिलमाया नेपाली अहिले भारतको नयाँ दिल्लीमा अलपत्र परेकी छन् । वैदेशिक रोजगारीमा जान खोजेकी उनी दलालको चुंगुलमा फस्दा सात महिनाअघि दिल्ली पु¥याइएकी हुन् । कोरोना कहरसँगै दिल्लीमा अलपत्र परेकी उनले अहिलेसम्म घर फर्कन पाएकी छैनन् । राम्रो कमाई हुने प्रलोभन देखाएर कुवेत लैजाने भन्दै दलालले उनलाई दिल्लीमा पु¥याएर अलपत्र पारिदिए ।

    दिलमायाको उद्धार हुन सकेको छैन । पैसा कमाउने र परिवारलाई सुखसयलमा राख्ने सपना बोकेर विदेश हिँडेकी उनी दिल्लीबाट नेपाल आउन खोजिरहे पनि सकिरहेकी छैनन् । लगेका पैसा पनि सकिएपछि बेखर्ची बनेको र उनलाई दिल्ली पु‍¥याएर अलपत्र पार्ने एजेन्ट पत्ता लाग्न नसकिरहेको स्थानीय कुमार मिजारले बताए ।

    यता सन्तानको रेखदेख गर्ने जिम्मेवारी लिएर घरमा बसेका ४७ वर्षीय श्रीमान अशोक दर्जीले पनि श्रीमतीलाई दिल्ली पु¥याएर अलपत्र परेको खवर थाहा पाए । मजदुरी गरेर परिवार धान्दै आएका उनले सल्लाहमै श्रीमतीलाई पैसो कमाउन विदेश पठाएका थिए । सुकुम्बासी बस्तीमा बसोबास गर्ने उनको आफ्नो जग्गा जमिन छैन । ज्यालामा निर्माणको काम गरेर सन्तानलाई पाल्दै आएका उनको पनि यता कोरोनाले काम खोसिदियो । ‘दिल्लीमा श्रीमती अलपत्र परेको तनावसँगै मजदुरी रोकिएर घरमा आम्दानीको बाटो बन्द भएपछि कमाएर खुवाउन नसक्दा परिवारमा भोकमरी सुरु भयो,’ मिजारले भने, ‘त्यही तनावका कारण उनले मृत्युको बाटो रोज्दा अहिले सन्तानको कन्तविजोग भएको छ ।’

    दुई छोरी र एक छोराको भोक टार्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचेका उनले लामो समय काम नखुल्दा भोकले छोराछोरी छटपटाउन थालेसँगै भोकमरी सहन नसक्दा मृत्युको बाटो रोजे ।
    आफ्नो र सन्तानका लागि पाँच महिनासम्म संघर्ष गरेका अशोकको शव गत मंगलबार डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको थियो । त्यसअघि अशोकले दुई छोरी र एक छोराको भोक टार्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचेको मिजारको भनाइ छ । उनका अनुसार ठेला चलाउने दर्जी त्यो बेचेर निर्माणको काममा मजदुरी गर्न थालेका थिए । तर काम लकडाउने रोकिदियो । काम नखुल्दा खुवाउन नपाएर भोकले छोराछोरी छटपटाउन थालेसँगै भोकमरी सहन नसक्दा उनले मृत्युको बाटो रोजेको स्थानीय बताउँछन् ।

    १२ वर्षीय छोरा उनको किरियामा बसेका छन् । ‘आमा दिल्लीमा अलपत्र परेको अवस्थामा यता बाबुले मृत्युको बाटो रोजे,’ मिजारले भने, ‘अहिले १२ वर्षीय नाबालक छोरा बाबुको किरिया गरिरहेका छन् ।’ उनका अनुसार आमा दिल्लीमा अलपत्र परेको र बाबुले मृत्युको बाटो रोज्दा १२ वर्षका छोरा, १४ र १७ वर्षीया छोरीको बिचल्ली भएको छ । २० वर्षीया छोरीको बिहे भइसकेको छ । छोरीमध्ये पनि माहिली शारीरिक रुपमा अपांगता छिन् ।

    ‘अशोकको आत्महत्या सुनेर घरमा पुग्दा शवलाई ओढाउने कात्रो किन्ने पैसा पनि रहेनछ,’ मिजारले भने, ‘हामीले पैसा सहयोग उठाएर पोस्टमार्टमका लागि पठाउँदै शवको दाहसंस्कार गरिदियौं ।’ अति नै विपन्न परिवारका छोराछोरीले मागेर पनि गुजारा चलाउने गरेको पाइएको उनले बताए । छोरा र छोरी अहिले बाबुको काममा छन् । मृत्यु संस्कारमा बसेका उनीहरुलाई किरिया खर्चका लागि गाउँले र केही संघ संस्थाले रकम उठाएर सहयोग गरिरहेको मिजारले बताए ।

    पीडामा आत्महत्याको बाटो रोजेका अशोकको पारिवारिक आर्थिक अवस्था एकदमै नाजुक रहेको वडा अध्यक्ष राजेन्द्रबहादुर थापाले बताए । ‘उता श्रीमतीलाई विदेश पठाउने भनेर दलालले दिल्लीमा अलपत्र परिदिए । यता मजदुरी गरेर कमाई खाने बाटो पनि बन्द भएपछि परिवारमा भोकमरी सुरु भयो,’ थापाले भने, ‘त्यही पीडा सहन नसकेर आत्महत्याको बाटो रोजेको जस्तो छ । मृतकको किरियाका लागि केही व्यक्ति र संघ संस्थाले सहयोग गरिरहेका छन् ।’

    इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले घटना हेर्दा आत्महत्या गरेको जस्तो देखिने बताए । ‘डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका कारण अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले घटना यकिन हुन सकिरहेको छैन ।’ अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...