News Portal

  • १ असोजदेखि सबै सार्वजनिक यातायात चलाउने व्यवसायी र मजदुरको तयारी

    इभक्तपुर संवाददाता
    ९६७ पटक

    काठमाडौं, २८ भदौ । कोभिड–१९ को संक्रमण बढेपछि करिब ६ महिनादेखि बन्द सार्वजनिक यातायात असोजदेखि खुल्ने आमअपेक्षा छ । तर, सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन । यातायात खुलाउने विषयमा सरकारले कुनै निर्णय नगरे पनि यातायात व्यवसायी र श्रमिकहरूले भने १ असोजदेखि लामो, मझौला, छोटो र स्थानीय रुटका सवारीसाधन चलाउने भएका छन् । शुक्रबार यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर व्यवसायी र मजदुर अगुवाहरूले लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा सम्पूर्ण यातायात साधन सञ्चालनको निर्णय गर्न माग गर्दै यस्तो जानकारी दिएका छन् । भेटमा मन्त्री नेम्वाङले सवारीसाधन सञ्चालनको विषयमा सकारात्मक भए पनि निर्णय आफूले गर्न नसक्ने बताएका थिए । सरकारको माथिल्लो संयन्त्र सिसिएमसी र प्रधानमन्त्रीसमक्ष यातायात खुलाउनेबारे प्रस्ताव लैजाने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सवारीसाधन खुलाउने वा नखुलाउने विषयमा अहिले छलफल भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘विभागले जहाँजहाँ कोरोनाको प्रभाव कम छ, त्यस्ता ठाउँमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरी सञ्चालन गर्नुपर्छ भन्ने हो,’ महानिर्देशक हमालले भने, ‘खुलाउने वा नखुलाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गर्नेछ ।’

    तर, सरकारले निर्णय नगरे श्रमिक र व्यवसायीले स्वस्फूर्त रूपमा सवारीसाधन सञ्चालन गर्ने सरकारलाई बुझाएको निवेदनमा उल्लेख छ । त्यस्तै, विदेशबाट फर्किएका हवाई यात्रुलाई गन्तव्यसम्म पु‍¥याउन होल्डिङ सेन्टरमार्फत यातायात व्यवस्थापन गर्दा लाखौँ अनियमितता भएको भन्दै छानबिन गर्न पनि व्यवसायीहरूले अनुरोध गरेका छन् । ६ महिनादेखि बेरोजगार यातायात व्यवसायीलाई सरकारले राहत पनि दिन नसक्ने बताइसकेको र निषेधाज्ञाको विकल्प नदिएपछि सवारीसाधन सञ्चालन मात्र विकल्प रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । उनले भने, ‘लामोदेखि स्थानीयसम्मको रुटका सवारी सञ्चालन गरिने र सबै प्रकारका सवारीसाधन चलाउनेछौँ ।’

    सरकारले गत २६ असारमा काठमाडौं उपत्यकाभर र जिल्लाभित्र मात्र सवारी चलाउन पाउने निर्णय गरेको थियो । व्यवसायीले भने ८ साउनदेखि सरकारको निर्णय पालन गरी सवारी चलाएका थिए । तर, संक्रमण बढेपछि जिल्लाभर मात्र सञ्चालनमा रहेका साधन पनि २७ साउनको मन्त्रिपरिषद्को निर्णयमार्फत रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयले भदौ मसान्तसम्म सार्वजनिक सवारीसाधन चलाउन नदिने निर्णय गरेको थियो । जुन अब ४ दिन मात्र बाँकी छ ।

    लामो समयदेखि बन्द हुँदा लामो दूरीका सवारीसाधन काम नलाग्ने गरी विभिन्न पार्टपुर्जा बिग्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ । ‘दैनिक सञ्चालन हुने मेसिन ६ महिनादेखि काम नगरी राखेपछि के हालत भयो होला,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अहिले अति नै संवेदनशील पार्टपुर्जा कुहिन थालेको छ ।’

    उपत्यकामा १६ सिटमुनिका सवारी सञ्चालन खुला गर्न माग

    यातायात व्यवसायी तथा श्रमिकका अगुवाले काठमाडौं उपत्यकामा १६ सिटमुनिका सवारीसाधन सञ्चालन खुला गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, ललितपुरले २४ भदौमा गरेको निर्णयअनुसार २५ भदौदेखि कार्यान्वयन हुने गरी १६ सिटमुनिका साना र मझौला सवारीसाधन (माइक्रोबस, टेम्पो) सञ्चालनमा रोक लगाएको छ । यो निर्णय अव्यावहारिक र विभेदकारी रहेकाले १६ सिटमुनिका सवारीसाधनलाई पनि सञ्चालनका लागि अनुमति दिन उनीहरूको माग छ । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...