News Portal

  • गत असोजदेखिको तबल नपाएपछि निजी विद्यालयका शिक्षक आन्दोलित

    १०५४ पटक

    महेन्द्रनगर, २९ भदौ । कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक लामो समयदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन् । निजी विद्यालयका शिक्षकहरु विद्यालय सञ्चालकहरुले लकडाउनको बाहानामा पारिश्रमिक नदिएको भन्दै आइतबार भीमदत्तनगरपालिकामा धर्ना दिएका छन् ।

    पारिश्रमिक पाउनुपर्ने माग राख्दै पटक पटक सम्बन्धित निकायसँग हारगुहार गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ । संस्थागत विद्यालयका शिक्षकको संगठन ुसंस्थागत विद्यालय शिक्षक युनियनुले गत बिहिबार कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला नगरपालिकाले बिना जानकारी तोडेपछि उनीहरु नगरपालिकाको मुल गेटमा धर्ना दिएका हुन् । पारिश्रमिकका लागि पटक पटक सम्बन्धित निकायसँग हारगुहार गर्दा समेत सुनुवाइ नभएको शिक्षक नरेन्द्र सिंह भण्डारीले बताए । उनले केही विद्यालयले गत शैक्षिकशस्त्रको समेत तलब नदिएको बताए ।

    कोरोना भाइरसका कारण चैत्रदेखि विद्यालय बन्द भयो । त्यो भन्दा अगाडि गत असोजदेखिको तलब दिएको छैनु, भण्डारीले भने, निजी विद्यालयले शिक्षकको श्रमशोषण गरेको छ । तलब माग गर्दा विद्यालय सञ्चालकले हामीसँग पैसा छैन जेजे गनुर्स गनुर्स भन्छन् ।

    संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष चन्द्र धामीले सम्बन्धित निकायमा पटक पटक ताकेता गर्दा समेत शिक्षकहरुको मागको सम्बोधन गर्नुको साटो बिना छ्लफल र जानकारी बिना शिक्षकहरुले लगाएको ताला तोडेकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । हामीले पाउनुपर्ने पारिश्रमिक पाउनुपर्छ । यहाँ निजी विद्यालयहरुले शिक्षकहरुको श्रमशोषण गरिरहेका छन्, उनले भने, हामीले पाउनुपर्ने पारिश्रमिक नपाएपछि थप आन्दोलनका कार्यक्रम अगाडि बडढाउँछौं ।

    भीमदत्तनगरपालिकाले भने शिक्षकहरुको माग सम्बोधनका लागि नगरका सबै निजी विद्यालयहरुलाई पत्र पठाइसकेको जनाएको छ । यता विद्यालय सञ्चालकले विद्यालयले शुल्क उठाउन नपाएपछि शिक्षकलाई तलब दिन नसकिएको बताएका छन् । प्याबसन कञ्चनपुरका अध्यक्ष महाशर्मा न्यौपानेले केन्द्रीय तहमा प्याबसन एनप्याबसन र शिक्षहरुसँग सरकारको मातहतमा भएको छलफलले चैत्रसम्मको तबल उपलब्ध गराउने र बैशाख यताको व्यवहारिक हिसाबले भुक्तानी गर्ने सहमती भएको बताइएको छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...