News Portal

  • अलपत्र नेपालीको उद्धारमा उडान अपर्याप्त

    ७८७ पटक

    काठमाडौं, २९ भदौ । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न हवाई उडानको अभाव भएको छ ।

    सरकारले बेखर्ची बनेका नेपालीको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर भए पनि उद्धार गर्ने बताइरहँदा उडानको अभावमा उनीहरूलाई नेपालमा ल्याउन कठिनाइ भइरहेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको वैदेशिक रोजगार बोर्डका अनुसार अहिलेसम्म मलेशियाबाट १५ जनालाई मात्रै प्रवद्र्धन बोर्डको रकम खर्चेर ल्याइएको छ । बहराइन, यूएई, कतारलगायत देशबाट अलपत्र कामदारको उद्धार गर्ने तयारी भए पनि उडानको अभावमा ल्याउन कठिनाइ भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

    ‘पैसा तिरेर नेपाल आउँछु भन्ने त आउन पाएका छैनन्, उडान सहज नभएसम्म हामीले खर्च गरेर ल्याउन सक्ने अवस्था रहेन,’ उनले भने । उनका अनुसार सरकारले तत्काल हवाई उडानलाई सहज बनाई उद्धारमा सहयोग गरिदिनुपर्छ । श्रम मन्त्रालयका अनुसार अहिलेसम्म करीब ५० हजार नेपाली महँगो भाडा तिरेरै भए पनि नेपाल आउन चाहेका छन् । ४० हजारभन्दा बढीलाई सरकारले उद्धार गरेर ल्याउनुपर्ने अनुमान छ ।

    यसैबीच, सरकारले उद्धारमा गरिरहेको ढिलाइप्रति संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले १ महिनाभित्र विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

    समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले वैदेशिक रोजागरीमा विभिन्न मुलुकमा पुगेका र रोजगारी गुमाई अलपत्र अवस्थामा परेका नेपालीहरूलाई १ महिनाभित्र ल्याइसक्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । आर्थिक अभियान दैनिकबाट

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...