News Portal

  • अचम्मको कोरोना रिपोर्टः जिउँदो छँदा पोजेटिभ, मृत्युपछि नेगेटिभ

    ७७३ पटक

    वीरगन्ज, ३० भदौ । वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार अपरान्ह ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

    नारायणी अस्पतालमा उपचारका क्रममा भदौ १२ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्यही दिन गण्डक अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । त्यसपछि भदौ २२ गते पुनः पीसीआर परीक्षण गर्दा पनि उनको रिपोर्ट फेरि पोजिटिभ आएको थियो ।

    कडा खालाको निमोनिया भएकी ती महिलालाई आइसीयुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गत शनिबार भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

    मृत्यु हुनु भन्दा पहिले तेश्रो पटक उनको स्वाब संकलन गरी परीक्षण गर्दा भने पीसीआर रिपोर्ट नेगेटिभ आएको डाक्टर चौरसीयाले जानकारी दिए । मृत्यु हुनु भन्दा पहिले संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले शव दाह संस्कारका लागि आइतबार नै परिवारजनको जिम्मा लगाइएको कोभिड अस्पतालले जनाएको छ ।

    वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ । साउन यतामा मात्रै ५७ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६१ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४३ जना , बाराका १३ जना , रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...