News Portal

  • सात जिल्लामा कोरोना सङ्क्रमण शून्य

    ७४९ पटक

    काठमाडौं, ३० भदौ । नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार १७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित सङ्ख्या ५५ हजार ३२९ पुगे पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३९३ मात्र रहेका र बाँकी कोरोनामुक्त भइसकेको जानकारी दिनुभयो  । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ३९ हजार ५७६ पुगेको छ ।

    त्यसैगरी शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा छन् भने पाँच सयभन्दा माथि सङ्क्रमित उपचाररत रहेका जिल्ला सातवटा छन् । सङ्क्रमित शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । यस्तै पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर र रुपन्देही छन् । प्रवक्ता गौतमले देशभरका क्वारेन्टाइनमा छ हजार ८९२ जना रहेको जानकारी दिँदै होम आइसोलेसनमा सात हजार २७५ जना रहेको बताउनुभयो । त्यस्तै संस्थागत आइसोलेसनमा आठ हजार ११८ जना छन् भने सोमबार आईसीयूमा १७९ जना र भेन्टिलेटरमा २९ जना सङ्क्रमित उपचाररत छन् । यसैगरी काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना गरी कुल ५१२ जनामा सङ्क्रमण देखिएको हो । योसँंगै काठमाडौं उपत्यकामा सङ्क्रमितको सङ्ख्या १२ हजार २४८ पुगेको छ । काठमाडौंमा १० हजार २६, ललितपुरमा एक हजार १९० र भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमित भएका छन् ।

    थप १५ जनाको मृत्युु

    नेपालमा एकै दिन १५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमले नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ३६० पुगेको जानकारी दिनुभयो । सोमबार मृत्यु हुने सङ्ख्या हालसम्मकै धेरै हो । मन्त्रालयका अनुसार नौवटा जिल्लाका पाँच महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको हो । यो २४ घण्टामा काठमाडौंमा मात्र छ जना सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुर र ललितपुरमा एक÷एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

    उपत्यकामा आठसहित १५ जनाको मृत्यु भएको हो । तीमध्ये मोरङमा ४० र ७० वर्षीय पुरुष, काठमाडौंमा ६१ वर्षीया महिला तथा ६२, ७०, ७३, ७७ र ८५ वर्षीया पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ५५, भक्तपुरमा ७३, रामेछापमा २३ वर्षीया पुरुषको मृत्यु भएको छ । त्यसैगरी गोरखाका ६३, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...