News Portal

  • अन्तरविरोधले काम प्रभावित

    ७७७ पटक

    काठमाडौं, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस कोभिड–१९, सीमा समस्या, चुनावी घोषणा पत्र तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धता गरी चार विषयमा केन्द्रित भएर काम गर्ने भएको छ । पार्टीभित्र उत्पन्न अन्तरविरोध तथा कोरोनाका कारण सरकारको काम प्रभावित भएको विश्लेषण गर्दै नेकपाले विकास, समृद्धि, सामाजिक न्याय र समाजवादतर्फ देशलाई अगाडि बढाउन आगामी निर्वाचनमा अहिलेको भन्दा अनुकूल परिणाम प्राप्त गर्ने तयारीका साथ अगाडि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेको निर्णयलाई अन्तरपार्टीमा सोमबार पठाएको छ ।

    अन्तरपार्टी निर्देशनमा संसद् समक्ष प्रस्तुत गरिने विधेयकका सैद्धान्तिक पक्ष र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका नीतिगत विषयमा केन्द्रीय कमिटी वा स्थायी कमिटी वा सचिवालयमा संस्थागत रूपमा छलफल गरी पार्टीको धारणा तय गर्ने उल्लेख गरिएको छ । सरकार संविधानको रक्षा एवं भ्रष्टाचार तथा अनियमित कार्यका सम्बन्धमा सरकार आफैँले थालेको छानबिन प्रक्रिया यथाशक्य चाँडो निष्कर्षमा पु¥याउने निर्देशनमा उल्लेख गरिएको छ ।

    भ्रष्टाचार र अनियमित कार्यप्रति शून्य सहनशीलताको मान्यता अनुरूप दोषीमाथि कडा कानुनी कारबाही गर्ने, भ्रष्टाचार नियन्त्रण तथा सुुशासन कायम गर्ने, अनुपयुुक्त प्रशासनिक खर्च कटौती गर्ने तथा मितव्ययी बन्ने नीति अवलम्बन गर्ने अन्तरपार्टी निर्देशनमा उल्लेख छ । सञ्चार माध्यममा पार्टी हित विपरीत अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउने चर्चा गर्दै नेकपाले वेबसाइट तथा अन्य सञ्चार माध्यममा देखापरेका पार्टी नेता तथा कार्यकर्ताको अराजक तथा अनुशासनहीन कार्य नियन्त्रण गर्न भनेको छ ।

    पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको बैठकले पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने, पुनः त्यस प्रकारको अन्तरविरोध नहुने कुराको सुनिश्चित गर्ने, सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्ने भनी पार्टीले निर्देशन दिएको छ ।

    आफ्नो मत वा असहमति कमिटी प्रणाली अन्तर्गत मर्यादित रूपमा राख्ने, गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने, गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन नदिने र अनेकता, अराजक, अनुशासनहीन र गुुटबन्दीपूर्ण कार्यलाई अनुुशासनात्मक कारबाहीको विषय बनाउने र पार्टी विधान बमोजिम कारबाही गर्ने अन्तरपार्टी निर्देशनमा उल्लेख छ । त्यसैगरी पार्टीमा माग भई आएका अनुशासनात्मक कारबाही गर्नुुपर्ने वा कारबाही फुुकुवा गर्नुुपर्ने विषयमा यथाशीघ्र टुुङ्गो लगाउने निर्देशनमा उल्लेख गरिएको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...