News Portal

  • अनशनस्थलमै बिरामी जाँच्दै डा. केसी

    ८०५ पटक

    सुर्खेत, ३१ भदौ । आइतबारदेखि आमरण अनशनरत डा.गोविन्द केसी मन्दिरमै बिरामी जाँच्न थालेका छन् । जुम्ला चन्दननाथ नगरपालिका–६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमा बसेर १९ औँ पटक सत्याग्रह सुरु गरेका डा. केसी भोकभोकै बिरामी जाँच्न थालेका हुन् ।

    चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन बसेका डा. केसीले भने, ‘मेरा माग पुरा नभए बरु मर्न तयार छु । तर अनशन तोड्ने छैन । मेरो अन्तिम सास रहुन्जेल अनशनमै बिरामीको सेवा गर्छु ।’ केसी मन्दिरमा अनशन बसेको थाहा पाएपछि स्थानीयवासी त्यही पुगेर आफ्नो स्वास्थ्य समस्या देखाउन थालेका छन् ।

    आफ्नो ज्यानको प्रवाह नगरी मन्दिरमा अनशनरत डा. केसीले आफू भोकै बसेर नागरिकको स्वास्थ्य अवस्थाबारे देखाएको चासोप्रति स्थानीयले प्रशंसा गरेका छन् ।

    डा.केसीका समर्थकले उनको माग पूरा गर्न सरकारलाई जस्तोसुकै दबाब दिन तयार भएको बताएका छन् । नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न र सरकारको लुटतन्त्रविरुद्ध सत्याग्रह सुरु गर्नु परेको उनको भनाइ छ ।

    यसअघि १६ औँ पटक जुम्लामा सत्याग्रह बस्दा २०७५ साउन १० गते आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका माग राखेर डा. केसीले अनसन सुरु गरेका हुन् । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू फेरि अनशन बस्न बाध्य भएको डा. केसीले बताए ।

    अनशनबाट आफ्नो माग पूरा भएमा दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि हुने उनले दाबी गरे । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...