News Portal

  • सीमापारी अड्किए प्याजका गाडी

    १०१४ पटक

    विराटनगर, १ असोज । भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगरको जोगवनी नाका हुँदै नेपाल आउनुपर्ने प्याजका गाडी सीमापारी नै अड्किएका छन् ।

    व्यवसायीका अनुसार निर्यातमा रोक लगाउने भारत सरकारको निर्णयसँगै सीमापारी भारतको जोगवनी बजारमा प्याज लोड भएका १२ वटा ट्रक रोकिएका हुन् । ती ट्रक विराटनगर भन्सार हुँदै बुधबार नेपाल ल्याउने तयारी थियो ।

    विराटनगरको गुद्री बजारस्थित प्याजका थोक विक्रेता पशुपति भगतले अचानक भारत सरकारले निर्णय गरिदिएपछि नेपाली व्यापारीले खरिद गरेर ल्याउन खोजेको तीन सय ६० मेट्रिकटन प्याज जोगवनीमै रोकिएको जानकारी दिए ।

    उनले आफ्नो मात्रै प्याज लोड भएका सातवटा ट्रक जोगवनीमा रोकिएको जानकारी दिए । ‘सरकारको निर्णयसँगै भारतीय प्रहरीले गाडी रोकेका छन्’, भगतले भने, ‘जसका कारण मेरोमात्रै दुई सय १० मेट्रिकटन प्याज रोकियो ।’ भारतको इन्दौरबाट आयात हुँदै आए पनि एकाएक रोक लगाइएपछि आफ्नो एक करोड ८२ लाख बढी मूल्यको प्याज ल्याउन नसकिएको जानकारी उनले दिए ।

    नेपाली व्यवसायीको मात्रै तीन करोड १२ लाख रुपैयाँ बढीको प्याज जोगवनीमै रोकिएको उनको भनाइ छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...