News Portal

  • कोरोना भाइरस महामारीका कारण मानसिक समस्या बढ्दो

    ७०९ पटक

    सुर्खेत, १ असोज । कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो भने कतिपयले त सहनै नसकी आत्महत्याको बाटो अपनाएका छन् ।

    छटपटी बढ्यो
    डोल्पा समाचारदाताका अनुसार बन्दाबन्दी सुरु भएदेखि डोल्पाका बासिन्दामा मानसिक समस्या बढेको देखिएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिजन रावलले बन्दाबन्दीपछि दैनिक तीन जनासम्म मानसिक समस्या लिएर बिरामी आउने गरेको जानकारी दिए । निद्रा नलाग्ने, एकहोरिने, छटपटी लाग्ने, अत्यास लाग्ने, अल्छी हुने लगायतका लक्षण बिरामीले बताउने गरेको भन्दै उनले आफूहरूले बिरामीलाई सीधै मानसिक समस्या छ नभनी आवश्यक चेकजाँच गरी औषधि दिने गरेको बताए ।

    बढ्दै रोगी
    सल्यान समाचारदाताका अनुसार मानसिक रोगीको सङ्ख्या बढेको पाइएको छ । चिन्ता र निराशाका कारण यस्ता रोगीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा प्रत्येक महिनामा ८० देखि एक सय जना बिरामी आउने गरेका छन् । अस्पतालका चिकित्सक डा. प्रदीप शर्माले बन्दाबन्दीले मदाक पदार्थ सेवन, झै–झगडा बढ्नुको साथै वैदेशिक रोजगारी गुमाउनु परेको पीडाले मानसिक समस्या बढ्दै गएको बताए ।

    आत्महत्या बढायो
    रुकुम समाचारदाताका अनुसार कारोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भएको बन्दाबन्दीमा समुदायमा मानसिक समस्या बढ्दै गएको छ । जिल्ला अस्पतालका चिकित्सक डा. राजकुमार भुजेलले बन्दाबन्दीमा काम नहुने र घर व्यवहार धान्न समस्या हुने, त्यसबाट परिवारमा कलह हुने, साथीभाइसँग भेटघाट र मनमा लागेका कुरा खुलस्त रूपमा भन्ने अवसर नपाउने तथा एक्लो महसुस हुने कारणले आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...