News Portal

  • भक्तपुरमा ५० कोरोना संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ असोज
    ९६६ पटक
    भक्तपुर, १ असोज

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६१८ जना थपिदा भक्तपुरका ५० परेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगमार्फत उक्त जानकारी गरेको हो । प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० सहित बिहीवार काठमाडौं उपत्यकामा ६१८ जनामा संक्रमण पुष्टि भएको छ ।

    यो संगै देशभर १ हजार २ सय ४६ जनासंक्रमित थपिएका डा गौतमले जानकारी दिए । हालसम्म देशभर कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ । धेरै संक्रमित सन्चो भएका र  बिहिबारसम्म देशभर १६ हजार २ सय ४१ संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।

    प्रतिकृया दिनुहोस्

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान...