News Portal

  • कोरोना संक्रमित संख्या २ हजार नाघ्योः भक्तपुरमा ८२ जना थपिए

    भक्तपुरपोस्ट संवाददाता
    १०७६ पटक

    भक्तपुर, २ असोज । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै थपिदै गएको छ । आजको तथ्याङ्क अनुसार संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार २० संक्रमित संख्या थपिएको छ । जसमध्ये भक्तपुरबाट ८२ जना रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगमार्फत उक्त जानकारी गरेको हो । प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंका ६९८ जना, ललितपुरका ७९ र भक्तपुरका ८२ सहित शुक्रबार काठमाडौं उपत्यकामा ८६९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कूल संक्रमितको संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ ।

    त्यस्तै ८७१ जना निको भइ घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...