News Portal

  • आइसीयु संचालनमा अहोरात्र खटेका अध्यक्ष सुवालमा कोरोना संक्रमण पुष्टि

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २ असाेज
    ३११९ पटक
    भक्तपुर, २ असाेज

    फाइल फाेटाे

    भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका सुवालमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार सुवालमा कोभिड १९ को लक्षण देखिएपछि भक्तपुर अस्पतालका डा सुनिल ढुंगेलले स्वाब परिक्षण गर्न सुझाव दिएका थिए । मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको परिक्षणमा सुवालको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको थियो ।

    अध्यक्ष सुवालमा कोरोना पोजेटिभ पाइएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा उनलाई भर्ना गरिएको छ । अस्पतालद्वारा संचालित दुधपाटीस्थित आइसोलेसनमा भर्ना गरी उनको उपचार भैरहेको जानकारी प्राप्त भएको छ । अध्यक्ष सुवालमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने र पखाला लाग्ने लक्षण पाइएको अस्पतालका एक डाक्टरले बताए । उनका अनुसार सुवालको एक्सरे लिएर फोक्सोमा संक्रमणको अवस्था परिक्षण समेत गरिएको छ । अध्यक्ष सुवालको अवस्था हाल सामान्य रहेको बताइएको छ ।

    भक्तपुर नगरपालिका वडा नम्बर ६ चोंछें घर भएका सुवालको परिवारमा पाँच सदस्य रहेका छन् । उनका ७४ वर्षीय बुबा, श्रीमती, एक छोरा र एक छोरीसहित सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिंग गरी कोरोना परीक्षण गरिने भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले भने सुवाललाई अस्पतालबाट संक्रमण सरेको हुनसक्ने आशंका गरेको छ ।

    अध्यक्ष सुवाल भक्तपुर अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने देखि दुधपाटी र खरीपाटीमा अस्पतालको आइसोलेसन सेन्टर संचालन र व्यवस्थापनको लागि अहोरात्र खटेका थिए । उनकै पहलमा बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई सघन उपचार कक्ष(आइसीयु) संचालनमा सहयोग गरेपछि स्थापनाको एक शताब्दीपछि भक्तपुर अस्पताल आइसीयुयुक्त भएको छ । अस्पतालको आइसीयुमै काम गर्ने एक चिकित्सकमा समेत कोरोना पोजेटिभ पाइएको छ । अध्यक्ष र चिकित्सक समेत संक्रमित बनेपछि भक्तपुर अस्पतालमा थप सावधानी अपनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...