News Portal

  • ६ महिनापछि फेवातालमा डुंगा सरर….

    ४०८ पटक

    पोखरा, ३ असोज । छ महिनादेखि बन्द भएको फेवातालमा शुक्रबारबाट डुंगा सचलनमा आएको छ । कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि बन्द भएको डुंगा शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

    स्वास्थ्य मापदण्ड अपनाएर ६ महिनापछि डुंगा संचालनमा आएको फेवा डुंगा व्यवसायी समितिका सहसचिव रुद्र भुजेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा मापदण्ड अपनाएर डुंगा संचालन गर्न अनुमती दिएको हो । डुंगा संचालनमा अनुमती दिए पनि फेवातालको मध्यभागमा रहेको प्रसिद्ध तालबाराही मन्दिर दर्शन गर्न र घुम्न जान भने रोक लगाइएको छ । डुंगामा मन्दिरमा जान भने पाइने छैन सहसचिव भुजेलले भने ।

    डुंगामा फेवाताल सयर गर्दा एकै परिवारका वा संगै आएका साथी हुनु पर्ने छ। डुंगा घाटमै भेटिएर डुंगा सियर गरेर तालमा घुम्न जान पनि रोक लगाइएको उनले सुनाए । डुंगा चड्न आउने यात्रुहरुले अनिवार्य रुपमा माक्स लगाएको हुनु पर्ने छ । डुंगा चड्नु अघि ज्वरो नाप्ने, सेनिटाइजर प्रयोग गरिने छ ।

    कोरोना संक्रमण नसरो भन्ने उद्देश्यले सामान्य अवस्थामा यात्रु चड्ने संख्या भन्दा आधा मात्र यात्रु डुंगामा सयर गर्न पाउने छन्। १८ फुटे डुंगामा ३ जना र २० फुुटे डुंगामा ४ जना यात्रु चड्न पाउने छन् । १० जना अट्ने प्याडलबोटमा ५ देखि ६ जना मात्र चड्न पाउने व्यवस्था मिलाइएको उनले सुनाए ।

    लाइफ ज्याकेट पनि एक पटक प्रयोगमा आएपछि स्यानिटाइज गरेर राखिने छ । यसरी स्यानिटाइज गरेको जकेट भोली पल्ट मात्र प्रयोगमा ल्याइने पनि उनले बताए । डुंगा संचालनमा आए संगै लामो समय थन्कीएका डुंगा मर्मत, सरसफाई सुरुभएको छ ।

    फेवातालको ८ डुंगा घाटमा गरेर कुल ७ सय डुंगा रहेको समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए । सबै भन्दा धेरै फेवातालको बिचमा रहेको तालबाराही मन्दिर जाने बाराही घाटमा ३ सय ५६ वटा डुंगा छन्। फेवातालमा ६ सय जनाले दैनिक डुंगा चलाएर जीवन निवार्हा गर्दै आएका थिए । सिजनमा बाराही घाटका सबै ३ सय ५६ वटा डुंगाले पालो पाउँने र अफसिजन असार साउनमा भने पर्यटक कम आउने भएकोले रोल ढिलो आउने व्यवसायीले बताएका छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...