News Portal

  • नेपालको रेल पूर्ण गतिमा नचल्ने

    ८९९ पटक

    जयनगर, ३ असोज। जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो । तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन् । उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ । नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो रेल तत्कालै सञ्चालन नहुने भएको हो ।

    नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबारदेखि रेल्वेको परीक्षण भए पनि कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म रेल सेवा सञ्चालनमा नआउने बताएका छन् ।

    यो रेलको क्षमता १३ सय यात्रुको छ । तर एकैपटक यात्रु चढ्दा भने ७ सय मात्रै चढ्न मिल्छ । रेलमा अपांगता भएका तथा ज्येष्ठ नागरिकका लागि सीमित सिट भए पनि अधिकांश यात्रुले भने उभिएरै यात्रा गर्नुपर्ने हुन्छ ।

    सञ्चालनमा आउन लागेको रेलमार्ग ३५ किलोमिटरको छ । जहाँ आठवटा सवस्टेसन छन् । सामान्यतया ५–५ किलोमिटरमा सवस्टेसन भएकाले रोक्दै गुडाउनुपर्ने भएकाले पूर्ण गतिमा चल्न नसक्छ ।

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले यो रेल दिनमा तीनपटक ओहोरदोहोर गर्ने बताएका छन् ।

    रेल विभागका महानिर्देशक बलराम मिश्रले रेलको अघिल्लो र पछिल्लो दुवै भागमा इन्जिन हुने भएकाले प्रतिघण्टा करिब एक सय किलोमिटरका दरले कुद्ने बताए । विभागले यो रेल डिजेलबाट स्टार्ट भएर जेनेरेटरबाट पैदा हुने बिजुलीबाट चल्ने जनाएको छ । रेल ब्रोडग्रेज लिकमा चल्नेछ । सरकारले ८६ करोड रुपैयाँ लागतमा नेपाली झण्डा अंकित रेल निर्माणमा खर्च गरेको छ ।

    रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराई जयनगर–जनकपुर रेलले यात्रु ओसारेर मात्रै खर्च धान्न नसक्ने बताउँछन् । यात्रु मात्रै ओसार्दा रेलले करिब १२ करोड रुपैयाँ आम्दानी गर्ने देखिएको छ । जयनगर–जनकपुरसम्मको प्रारम्भिक साधारणतर्फे भाडा ७५ रुपैयाँ र डिलक्स तथा एसी कक्षको भाडा पाँच सय रुपैयाँ पर्न सक्ने कम्पनीले जनाएको छ । तर निश्चित भाडा भने तय गरिएको छैन । नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाइसकेको छ ।नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...