News Portal

  • केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा बढ्दो क्रममा

    ७४१ पटक

    काठमाडौं, ३ असोज । कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
    जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गर्छ ।

    परीक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या बढी देखिएको विज्ञहरूले बताएका छन् । पछिल्ला चार महिनामा ८ लाख २७ हजार ८ सय ३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । जसअनुसार गत जेठमा १ लाख १० हजार ७ सय १३, असारमा १ लाख ६० हजार १ सय ४६, साउनमा २ लाख १४ हजार ९७, भदौमा ३ लाख ४२ हजार ८ सय ४७ जनाको कोरोना परीक्षण गरिएको हो । १ र २ असोजमा २२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २ सय ६६ जनामा संक्रमण देखिएको छ ।

    देशभर शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...