News Portal

  • भक्तपुरका यी बिशेष याेगदान गरेका व्यक्तिहरु राष्ट्रपतिबाट विभूषित हुँदै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ असोज
    २८५१ पटक
    भक्तपुर, ३ असोज

    संविधान दिवसको अवसर पारेर हरेक वर्ष घोषणा हुँदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस वर्ष भक्तपुरका विशिष्ट योगदान गरेका व्यक्तिहरुसमेत विभूषित हुने भएका छन् । गृह मन्त्रालयले विभूषित हुने ५९४ जनाको नामावली सार्वजनिक गर्दा भक्तपुरबाट १६ जना परेका हुन् ।

    भक्तपुरबाट सबैभन्दा ठूलाे सम्मान हात पार्नेमा  मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवाली परेका छन् । उनलाई सुप्रवल जनसेवा श्री (तृतीय) द्वारा सम्मानित गर्ने घोषणा गरिएको छ ।

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतम, वीरदल गणका गणपति रहेका प्रमुख सेनानी शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी एसपी तारादेवी थापा, भक्तपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गणका गणपति उद्धवबहादुर न्यौपाने,जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशी, महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरी, मोरंग घर भई हाल मध्यपुर थिमी नगरपालिका बस्ने साहित्यकार अनिरुद्र पौडेल (अनिल पौडेल) कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत दन्तरोगकी चिकित्सक डा सुमी मल्ल केसी प्रवल जनसेवा श्री (चतुर्थ)द्वारा विभूषित हुने बताइएको छ ।

    भक्तपुरका नेता एवं समाजसेवी देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ लाई जनसेवा श्री (पंचम)द्वारा विभूषित गरिने घोषणा गरिएको छ भने सोही पदकद्वारा भक्तपुर १० की बाबा मैया जोन्छे पनि विभूषित हुने भएकी छन् । त्यसैगरी सोही पदवीद्वारा भक्तपुर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन सुनिता न्यौपाने पनि सम्मानित हुने घोषणा गरिएको छ ।

    कोभिड १९ रोकथाम र नियन्त्रणमा स्वयम्सेवक भई कार्य गरिरहेका समाजसेवी भक्तपुरका अरुण सैजूले पनि ‘समाज सेवा रत्न’ पाउने भएका छन् भने सोही अलंकार बाट राजेश गाईजू पनि विभूषित हुने भएका छन् ।

    अतिपौरख भाष्करबाट सूर्यविनायकस्थित वीरदल गणका जमदार सूर्यबहादुर खत्री सम्मानित हुने भएका छन् भने सोही गणका अर्का जमदार शंकर चौधरीले महापौरख भास्कर पाउने भएका छन् ।

    भक्तपुरका १६ सहित ५९४ जना विशेष योगदान पुर्याएका व्यक्तिहरुलाई राष्ट्रपतिले आगामी संविधान दिवसको कार्यक्रममा विभूषित गर्नेछिन् । यो वर्ष नेपाल रत्न कसैलाई पनि प्रदान गरिएन भने सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखा रोगका वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिँने घोषणा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...