News Portal

  • नेतृत्वको निरन्तरता वा परिवर्तन स्वाभाविक प्रक्रिया भएकाे भन्दै प्रदर्शन नगर्न अपिल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ असोज
    ९७१ पटक
    भक्तपुर, ३ असोज

    नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्।

    विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमानलाई नियुक्त गरिनुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौँसहितका विभिन्न शहरमा प्रदर्शनहरु भइरहेका छन्। तर कुलमान घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन नगरीदिन आग्रह गरेका हुन्।

    ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, कुलमानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको पनि कुलमानले बताएका छन्।

    उनले भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले प्राधिकरणको कार्यकारी निर्देशकका लागि सरकारले उचित समयमा आवश्यक निर्णय लिने आशा पनि व्यक्त गरेका छन्।

    ‘प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ’, कुलमानले भनेका छन्। उनले सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताएका छन्।

    प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने कुलमानको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...