News Portal

  • आज रानीपोखरीमा साढे ३ करोड लिटर पानी भरिँदै

    ४७४ पटक

    काठमाडौं, ४असोज । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानीपोखरी पुननिर्माणसँगै आजबाट पानी भरीभराउ हुने भएको छ ।

    पुनर्निर्माणअन्तर्गत पोखरी पिंधमा कालो माटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माण सकिएसँगै वर्षाको पानी जम्मा गरिँदै आएको थियो । पछिल्लो पटक बाग्मतीको पानी सुन्दरीजलबाट ल्याएर भर्ने काम भइरहेको छ । जुन अन्तिम चरणमा पुगेको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्वविज्ञ राजुमान मानन्धरले आज आइतबार चार बजेसम्म पानी भरिसक्ने अनुमान सुनाए । ‘यसअघि आकासेपानी १ करोड लिटर भरिएको थियो, बाँकी २ करोड २२ लाख पानी सुन्दरीजलबाट ल्याएर भर्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिलेकै अवस्थामा आइतबार चार बजेसम्म भरिसक्ने अनुमान गर्न सकिन्छ ।’

    पुनर्निर्माण प्राधिकरणले बाग्मतीको पानी पोखरीमा जम्मा गरेर ९ इन्चको पाइपबाट भरिरहेको हो । रानीपोखरीमा ३ करोड २२ लाख लिटर पानी भर्नुपर्नेमा शनिबार साँझसम्म ७५ लाख लिटर बाँकी रहेको प्राधिकरणले जनाएको छ । यसअघि, आकाशबाट खसेको पानी दरबार हाइस्कुलको छानाबाट पोखरीमा खस्ने व्यवस्था गरिएको थियो ।

    प्राधिकरणले यसअघि मेलम्चीको पानी रानीपोखरीमा हालेर झार्ने योजना पनि अघि सारेको थियो । अहिले भने बाग्मतीको पानी हालेर भरिएको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...