News Portal

  • यो वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

    ७२८ पटक

    काठमाडौं, ५ असोज । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले पाएको छ । मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

    गुठीलाई प्राप्त भएका १५१ पुस्तकमध्येबाट सात पुस्तक मदन पुरस्कारका लागि छनोट भएका थिए । त्यसमध्ये महारानीलाई पुरस्कार दिने निर्णय भएको हो । त्यसैगरी गुठीले प्रदान गर्ने जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय भएको छ । गुठीले कोरोना भाइरस कोभिड–१९ का कारण उत्पन्न परिस्थितिको कारण देखाउँदै पुरस्कार वितरण समारोहको विवरण पछि सार्वजनिक गर्ने बताएको छ ।

    २०१२ सालमा स्थापित गुठीले पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार अर्पण गरेको थियो ।

    गुठीले २०४५ सालमा रानी जगदम्बाको मृत्युपछि उनको सम्झना स्वरुप जगदम्बा श्री पुरस्कारको स्थापना गरेको हो । यो पुरस्कार पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...