News Portal

  • बंगलादेशबाट पैंचो मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनीलाई

    ९२७ पटक

    काठमाडौं, ५ असोज । नेपाल सरकारले बंगलादेशसँग पैचोंमा लिन लागेको ५० हजार टन युरिया मल नेपाल ल्याउने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले उक्त मल नेपाल ल्याउन शनिवार ठेक्का आह्वान गरेको छ ।

    धानबालीका लागि युरिया मलको चरम अभाव भएपछि सरकारले बंगलादेशसँग मल पैंचो लिने प्रक्रिया अगाडि बढाएको थियो । ३ साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग यसबारेमा टेलिफोन संवाद गरेपछि बंगलादेशबाट मल ल्याउने प्रक्रियाले थप गति लिएको थियो ।

    बिहीवारको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडलाई दिएपछि मल नेपाल ल्याउन ठेक्का आह्वान गरिएको हो । मन्त्रिपरिषद् बैठकमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री वा साल्ट ट्रेडिङ कसलाई दिने भन्ने बारेमा लामै बहस भएको थियो । कृषिमन्त्री घनश्याम भुसाल यो जिम्मेवारी कृषि सामग्रीलाई दिनुपर्ने पक्षमा उभिएपछि त्यसैअनुरूप निर्णय भएको हो ।

    कृषि सामग्री कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेशको चिटगावबाट मल नेपाल ल्याइँदै छ । ठेक्का आवेदन दिन ७ दिनको म्याद राखिएको छ भने ठेक्का सम्झौतालगायत सबै प्रक्रिया पूरा हुन करीब २५ दिन लाग्न सक्ने बताइएको छ ।

    यसअनुसार पैंचो मल नेपाल आउन अझै करीब १ महीनाभन्दा बढी समय लाग्ने देखिएको छ । ठेक्का पाउने कम्पनीले नै बोरा छपाइ र मल प्याकेजिङलगायत काम गर्नुपर्ने शर्त राखिएको छ ।

    कृषि मन्त्रालयका अनुसार बंगलादेशले आफूलाई आवश्यक पर्ने करीब १० लाख टन मल मौज्दात गरेको छ । त्यही मौज्दातबाटै उसले नेपाललाई मल उपलब्ध गराउँदै छ । यसरी ल्याइएको मल नेपालले पछि ग्लोबल टेन्डर गरी ८ महीनाभित्र बंगलादेशलाई फिर्ता गर्ने कृषि मन्त्रालयको योजना रहेको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...