News Portal

  • भक्तपुरमा कार्यरत ४ इन्स्पेक्टरहरुको सरुवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ असोज
    १२७५ पटक
    भक्तपुर, ६ असोज

    नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक( इन्सपेक्टर) हरुको सरुवा भएको छ । प्रहरी मुख्यालयले सोमबार इन्सपेक्टरहरुको सरुवा गरेको हो ।

    इन्सपेक्टर सरुवामा भक्तपुरमा कार्यरत ४ इन्स्पेक्टरहरुको पनि सरुवा भएको छ । सरुवा हुनेमा ठिमी वृत्तका इन्स्पेक्टर पंचलाल गोले, राजीव गिरी, परिसरका कृष्ण प्रसाद बिष्ट र दिपक केसी रहेका छन् ।

    इन्द्रमणि अधिकारी प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट थिमी वृत्तमा पंचलाल गोलेको ठाउँमा सरुवा भएका छन् भने गिरीको स्थानमा रुपन्देहीबाट रविन्द्र खड्कालाइ ल्याइएको छ ।

    परिसरमा रहेका कृष्ण प्रसाद बिष्ट वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरको प्रमुख भएका छन् भने उनको स्थानमा सुवास बुढाथोकी चोरी अनुसन्धान शाखा महाराजगंजबाट सरुवा भएका छन् ।

    हेर्नुस् सरुवा लिस्ट

    इन्सपेक्टरको सरुवा सुची हेर्न यहां क्लिक गर्नुहोस् ।

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...