News Portal

  • खुल्न थाले मुस्ताङका विद्यालय

    ६८४ पटक

    जोमसोम, ७ असोज । हिमाली जिल्ला मुस्ताङमा सञ्चालित सामूदायिक तथा निजी विद्यालय मंगलबारदेखि क्रमशः खुल्न थालेका छन् । यसअघि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड –१९ कहरका कारण लामो समयदेखि यहाँको शैक्षिक पठनरपाठन ठप्प रहँदै आएको थियो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेसँगै यहाँका विद्यालयले सम्बन्धित तहको अनुमतिमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ विद्यालय खोल्ने तैयारी गरेका हुन् ।

    मुस्ताङको घरपझोङ गाउँपालिकाका ८ वटा सामूदायिक विद्यालय मंगलबारबाट सञ्चालनमा आएका छन् । गाउँपालिका भित्रको २ निजी विद्यालय भने बुधबारदेखि सञ्चालनमा आउने जनाइएको छ ।

    गाउँपालिकाका शिक्षा अधिकृत हिमलाल शर्माले सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शिक्षासँग सम्बन्धित सरोकारवालाबीचको छलफलपछि सहजीकरण निर्देशिका बमोजिम विद्यालयको शैक्षिक पठनरपाठन अघि बढाउने निर्णय भएको बताए ।

    यसका लागि पालिकाले विद्यालय सञ्चालन पूर्व विद्यालयको परिवेशका आधारमा सहजीकरण निर्देशिकाले तोकेको मापदण्डमा आधारित रही सिकाइ क्रियाकलाप कार्ययोजना पेश गरेपछि शैक्षिक गतिविधि अघि बढाउन दिने अनुमति प्रदान गरेको शिक्षा शाखा प्रमुख शमाृले जानकारी दिए ।

    घरपझोङ गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले तोकेको मापदण्डमा रही विभिन्न ६ वटा अप्सनमा शैक्षिक गतिविधि अघि बढाउन सक्ने विद्यालयलाई जानकारी गराएको थियो ।

    जसका आधारमा पालिकाले उपलब्ध गराएको मापदण्ड अनुसार केही विद्यालयले जोर र विजोर प्रणाली र केहीले विभिन्न कक्षागत कार्यतालिका बनाएर शैक्षिक पठन र पाठन अघि बढाएको घरपझोङका शिक्षा अधिकृत शर्माले बताएको छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...