News Portal

  • खर्च बढ्ने भएपछि तत्काल कर्मचारी नियुक्ति नगरिने

    ६७८ पटक

    काठमाडौं, असोज ७ । जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटरमा चल्ने रेलका लागि आवश्यक कर्मचारीको नियुक्ति तत्कालका लागि नहुने देखिएको छ । कोरोना महामारीका कारण रेल सञ्चालन अनिश्चित भएको र कर्मचारी नियुक्ति गर्दा खर्च बढ्ने तर रेल नचल्ने भएकाले नेपाल रेलवे कम्पनी लिमिटेडले तत्काल कर्मचारी नियुक्ति नगर्ने भएको हो ।

    तर, कम्पनीले रेल सञ्चालनका लागि आवश्यक प्राविधिक र प्रशासनिक कर्मचारी भर्नाको प्रक्रिया भने जारी राख्ने भएको छ । कोरोनाको कारण रेल कहिलेदेखि चलाउने भन्ने यकिन नभएपछि मासिक पारिश्रमिकमा मात्रै रकम खर्च हुने देखिएकाले कर्मचारी नियुक्त गर्ने तयारी नगरिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

    ‘कर्मचारी नियुक्तिको प्रक्रिया शुरू गरिएको छ, १२९ जना कर्मचारी करारमा नियुक्ति गर्न सूचना जारी गरिएको छ भने भारतबाट पनि रेल चालक र कन्ट्रोलरलगायत कर्मचारी ल्याउने प्रक्रिया शुरू गरिएको छ,’ भट्टराईले भने, ‘रेल चल्ने निश्चित हुनासाथ कर्मचारी नियुक्त गछौंं, तत्कालका लागि भने नियुक्ति गर्न लागिएको छैन ।’

    कोरोना संक्रमण कम भएको संकेत मिल्नासाथ कर्मचारी नियुक्ति शुरू गरिने र तालीम दिने काम अघि बढाउने उनको भनाइ छ । जनकपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल रेलवे कम्पनीमा २ महीनाअघि मात्रै महाप्रबन्धका रूपमा भट्टराईलाई सरकारले नियुक्ति गरेको थियो । तर, कर्मचारीलगायत नियुक्तिका प्रक्रिया कम्पनीले १ हप्ताअघि मात्रै शुरू गरेको छ । अहिले भट्टराईसहित १३ जना कर्मचारी कम्पनीमा कार्यरत छन् ।

    रेल ल्याइसके पनि कोरोनाका कारण सञ्चालनमा अप्ठ्यारो हुँदा ती रेल नेपालको धनुषाको इनरुवामा पार्किङ गरी राखिएको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...