News Portal

  • कोलकाता बन्दरगाहमा नेपाली कार्गोलाई ईडीआई प्रणाली अनिवार्य

    १५१० पटक

    वीरगञ्ज, ८ असोज । नेपालका लागि तेस्रो मुलुकबाट आउने कार्गाेमा भारतको कोलकाता बन्दरगाह भन्सारले इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई) प्रणाली अनिवार्य गरेको छ । कोलकाता बन्दरगाह हुँदै कस्टम ट्रान्जिट डिक्लियरेशन (सीटीडी) अन्तर्गत नेपाल आउने कार्गोमा यो प्रणाली लागू गरिएको हो ।

    कोलकाता बन्दरगाहमार्फत हुने तेस्रो मुलुकसँगको व्यापारलाई कागजी प्रक्रिया मुक्त बनाउन गत शुक्रवारदेखि ईडीआई अनिवार्य गरिएको हो । १ वर्षअघि नै लागू गरिएको यो प्रणाली यसअघि अनिवार्य थिएन ।

    भारतीय भन्सारमा हुने सीटीडी प्रक्रियालाई छरितो बनाउन अनलाइनमा आधारित प्रणाली लागू भएको बन्दरगाहका अधिकारीले बताएका छन् । भारतीय सीमाशुल्क प्रधान आयुक्तको कार्यालयले यो बन्दरगाह हुँदै भारतका लागि आउने कार्गो यसअघि नै यो प्रणाली अनिवार्य गरिसकेको छ ।

    यो प्रणालीमार्फत कार्गोेको सीटीडीका लागि आयातकर्ताले अनलाइनबाटै कागजात पेश गर्ने व्यवस्था मिलाइएको छ । यसबाट कोलकाता बन्दरगाहमार्फत हुने नेपालको कार्गो आवागमन छरितो हुने अपेक्षा गरिएको छ ।

    आयातकर्ताले आफ्ना प्रतिनिधिमार्फत सामानको बिल,प्याकिङ लिस्ट, उत्पत्तिको प्रमाणपत्र,प्रतीतपत्र, कोलकातास्थित महावाणिज्य दूतावासले दिने प्रमाणपत्रलगायत कागजात बन्दरगाह भन्सारमा पेश गर्दै आएका छन् । यो अनलाइन प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि अब बन्दरगाह भन्सारमा यी काजगपत्र पुर्‍याउनुपर्ने बाध्यता हट्ने कस्टम हाउस एजेन्ट अमृतभक्त श्रेष्ठले बताए ।

    ‘एजेन्टले आआफ्नो कार्यालयबाटै कागजात अपलोड गर्न मिल्ने गरी यो प्रणाली ल्याइएको हो । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...